हेटाैंडा- बागमती प्रदेश सरकारले चितवनमा निर्माणाधीन अवस्थाको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा ७० प्रतिशत लगानी गर्ने भएकाे छ । प्रदेश सरकार र भरतपुर महानगरपालिकाको संयुक्त लगानीमा निर्माणाधीन क्रिकेट रंगशालालाई पूर्णता दिने भएकाे हाे ।

मंगलबार बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय हेटौँडामा बसेको बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीचको बैठकले उक्त रंगशाला निर्माणका लागि संयुक्त लगानी गर्ने सहमति भएको हो । सहमतिअनुसार गौतम बुद्व क्रिकेट रंगशाला निर्माणका लागि ७० प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत भरतपुर महानगरपालिकाले व्यहोर्ने निर्णय भएको बागमती प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवीप्रसाद ढकालले जानकारी दिए ।

रंगशालाकाे बाँकी काम गर्न ७५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here