काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक आज बस्ने गरी आह्वान गरिएको छ ।
बैठक बुधबार दिउँसो १२ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठक पार्टी मुख्यालय च्यासल ललितपुरमा बस्ने गरी बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार, बैठकमा जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवम् मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुनेछ ।