हेटौंडा– नेपालीहरुको महान पर्व दसैं र तिहार सकिएसँगै हेटौंडामा छठको रौनक छाएको छ । तराई मधेशमा निकै महत्त्वका साथ मनाइने छठ पर्व पछिल्लो समय पहाडी क्षेत्रका हिन्दु धर्मावलम्बीहरुले पनि मनाउन थालेका छन् ।
छठ पूजाको लागि हेटौंडाको राप्ती खोला तटमा पनि विभिन्न किसिमका बत्ति र झिलोमिलीले सजाइँदै छ । छठ पूजा समारोहका सहकोषाध्यक्ष राज देव बानियाँले छठ पूजा मधेशमामात्र नभई पछिल्लो समय सबै हिन्दू धर्मावलम्बीहरु विशेष पर्व बन्दै गएको बताए । छठ पूजालाइ सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको छ। पछिल्लो वर्षहरु भन्दा यो वर्ष छठ पूजा गर्नेको संख्या बढ्ने अनुमानका साथ सोहीअनुसार तयारी गरिएको बानियाँले बताए।

अघिल्लो वर्ष भन्दा यो वर्ष भक्तजन र अवलोकन गर्न आउनेको संख्या दोब्बर हुने अनुमान रहेको र त्यही अनुसारको व्यवस्थापन अघिल्लो वर्ष साढे चार सय फिटको पण्डाल बनाइएको र यो वर्ष ६ फिटको पाण्डाल भनाइएको उनले बताए । छठी माइको पूजा गरेपछि मनले चिताएको पूरा हुने आस्थाले तीन दिनसम्म पानी समेत नखाइ व्रत बस्ने र तीन दिनको दिन बिहान सूर्यलाई अर्ग दिएर व्रत तोड्ने परम्परा रहेको छ । छठ पर्वको आस्था बढ्दै गएको कारण प्रत्येक वर्ष छठ पूजा गर्नेको संख्या पनि बढ्दै गएको उनको भनाइ छ।
राप्ती तटमा हेटौंडा अस्पतालले स्वास्थ्य शिविर राख्ने र सामुदायिक प्रहरीले सहजीकरणका लागि शिविर राख्ने जानकारी दिएका छन् । आज रात भरिमा सम्पुर्ण तयारी पूरा गर्ने बताए।

