हेटौंडा– एस्ट्रोनोभा फाउन्डेसन नेपालको आयोजनामा हेटौँडामा ‘पहिलो हेटौँडा ईन्जिनियर्स मिटअप’ भएको छ। स्टुडेन्ट डेको अवसर पारेर गरिएको सो भेलामा इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रोनिक्स, इलेक्ट्रिक, मेकानिकल, सूचना प्रविधि, कम्प्युटर, आइटी सेक्युरिटी, इन्ड्रस्टियल, केमिकल, अटोमोबाइल आदि क्षेत्रका साथै विज्ञान प्रविधिका अन्य क्षेत्रमा बि.टेक, फरेस्ट्री, कृषि, एक्चुरिएल साईन्स, आर्किटेक्ट, मेडिकल साईन्स लगायत विभिन्न क्षेत्रमा स्नातक पास भईसकेका र पढ्दै गरेका ६० भन्दा बढी विद्यार्थी युवाशक्तिको सहभागिता रहेको थियो।

एस्ट्रोनोभा फाउण्डेशन नेपालका अध्यक्ष किशन बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका महासचिव चिरञ्जीवी लामिछाने, कोषाध्यक्ष आयुष बस्नेत, बोर्ड सदस्य अनुज अधिकारी तथा इन्जिनियर लिलानाथ घिमिरेले संस्थाको भिजन, मिसन र लक्ष्यका साथ साथै आफूहरूले हाल गरिरहेका ईनोभेटिभ प्रोकेक्टजरू र भइरहेका कामका प्रगति विवरण पनि पेस गरिएको थियो ।

उक्त सन्दर्भमा फाउन्डेसनका संस्थापक अध्यक्ष बास्तोलाले विज्ञान, सुचना प्रविधी ,नवप्रवर्तन, उधमशीलता जस्ता कुराहरुमा कसरी बालबालिकाहरुलाई विध्यालयस्तर देखि नै अग्रसर गराउदै उनिहरुमा दिर्घकालिन सोच, वैज्ञानिक सोँच संस्कृति, नविनतम विचारधाराको सँस्कृति विकास गराई हेटौँडालाई विज्ञान, प्रविधि,नवप्रवर्तनशीलता, उधमशीलता तथा शैक्षिक र पर्यटनका हिसाबले देशकै नमूना सहरका रुपमा विकास गराउन सकिन्छ भन्ने कुरामा राय प्रस्तुत गर्दै यसका फिजिकल, डिजिटल र पेडागोजिकल पक्षको समिश्रण सहितको समाधानका मोडेल समेत प्रस्तुत गरेका थिए ।

फाउन्डेशनले आफ्नो उद्देश्य अनुरुप वैज्ञानिक एवम् प्रविधिमय वातावरणका निम्ति रोबटिक्स एण्ड अटोमेसन, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्युचर टेक्नोलोजी, ड्रोन टेक्नोलोजि, रकेट एण्ड एभिएसन, वेदिक गणित, एष्ट्रोनोमी केन्द्रित कार्यशाला गर्दै आएको छ ।

यसअघि विद्यार्थीहरूलाई फिजिक्स, फिजिक्स इन एक्सन, म्याथ इन एक्सन, चन्द्रमा अवलोकन, नोबेल विजेता वैज्ञानिकहरूले हस्ताक्षर गरेको टेलिस्कोपबाट सोलार अवलोकन, ब्ल्याक होल, बिग ब्याङ थेउरी, थेउरी अफ रिलेटिभिटी, ‘स्पेशलरजनरल’ को बारेमा चर्चा परिचर्चा गरिएको थियो ।

फ्युचर टेक्नोलोजीतर्फ आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, अगमेन्टेड रियालिटी, भर्चुअल रियालिटी र डेटा सेक्युरिटी लगायतको विषयमा प्रशिक्षण दिइँदै आएको पनि फाउण्डेशनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here