२०६ औं भानु जयन्तीको अवसरमा हेटौंडामा प्रतियोगितात्मक बाल कवि गोष्ठी सम्पन्न भएको छ ।

हेटौंडा–४ स्थित बाल उद्यान समिति अन्तर्गतको श्रृजनशील बाल क्लबले कार्यक्रम आयोजना गरेको हो । ३१ जना बालबालिका सहभागी प्रतियोगितामा जीएस निकेतनका निश्चल गौतम प्रथम, रोजिना अधिकारी दोस्रा, नवोदय शिशु सदनकी राधाकुमारी महतो तेस्रा र ब्रह्मदिक एकेडेमीकी अन्वश्ना कार्की सान्त्वना भएका थिए । प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

बाल क्लबका अध्यक्ष प्रज्वल लामिछानेको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । साहित्यकार शान्तिप्रिय वन्दना, शिक्षक विष्णुप्रसाद गौतम र शिक्षक देवराज शर्माले प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गरेका थिए । क्लबकी उपाध्यक्ष प्रितिका कार्कीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा बाल उद्यान समितिका अध्यक्ष गणेशकुमार श्रेष्ठ, श्रीराम दाहाल, लक्ष्मीभक्त घिसिङ, नामदेव न्यौपाने, दीपक गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here