हेटौंडा– हेटौंडा उपमहानगरपालिकाकी नगर कार्यपालिका सदस्य रुपा खुलालाई आर्थिक सहयोग गरिएको छ । स्तन क्यान्सरबाट पीडित खुलालको उपचारको लागि भन्दै नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली र हेटौंडा–५ का वडाध्यक्ष राजेश बानियाँले आर्थिक सहयोग प्रदान गरेका हुन् ।

बिहीबार हेटौंडा–४ स्थित खुलालको निवासमा पुगी पराजुलीले नगद २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरे । त्यस्तै वडाध्यक्ष बानियाँले एक महिनाको आफ्नो पारिश्रमिकबापतको रकम बैंक खातामा जम्मा गर्ने बचनवद्धता जनाए । हेटौंडा–१३ निवासी खुलाल दुईवर्षदेखि स्तन क्यान्सरबाट पीडित छन् ।

उनलाई हेटौंडा उपमहानगरपालिकालेसमेत पाँच लाख रुपैयाँ उपचार खर्च उपलब्ध गराइसकेको छ । दुईवर्षदेखि उपचार गर्दा हालसम्म करिब १५ लाखभन्दा बढी खर्च भइसकेको खुलालले सुनाइन् । ‘मेरो समस्यालाई बुझेर धेरैले सहयोग पनि गरिरहनुभएको छ । मलाई बाँच्ने आशा छ, सबैको सहयोग पाएँ बाँच्ने थिएँ ।’ खुलालले भनिन् ।

आर्थिक सहयोग हस्तान्तरणपछि बोल्दै काँग्रेस नगर सभापति पराजुलीले मानवीयताको नाताले उपचारको लागि आफूले सकेको सहयोग उपलब्ध गराएको बताए । वडाध्यक्ष बानियाँले प्रभावकारी उपचारको लागि विज्ञ स्वास्थ्यकर्मीको खोजीमा सहयोग गर्नेसमेत प्रतिवद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here