हेटौंडा–हेटौंडामा डेंगो र स्क्रपटाइफसका विरामी दैनिक भेटिन थालेका छन् । पाचदिनको अवधिमा हेटौंडाका विभिन्न वडामा आठजनामा डेंगो र एकजनामा स्क्रपटाइफस देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रयोगशाला प्रमुख भूपनारायण यादबका अनुसार हेटौंडा बजार क्षेत्रका विरामीहरुमा विशेष गरी डेंगोको संक्रमण देखिएको छ । हेटौंडा अस्पतालको सिफारिसमा डेंगो र स्क्रपटाइफसको परीक्षणका लागि स्वास्थ्य कार्यालयमा आएका २९ जनाको रक्तपरीक्षण गर्दा चारजना महिला र चार पुरुषमा डंगो र एक पुरुषमा स्क्रपटाइफस भेटिएको हो ।

‘हेटौंडा अस्पतालबाट सिफारिस भएर आएका सबै विरामीको हामी डेंगो परीक्षण गर्दैनौ । त्यसमध्येबाट रिपोर्टका आधारमा हामी परीक्षण गर्छौ ।’, उनका अनुसार स्वास्थ्य कार्यालयले निःशुल्क रुपमा परीक्षण गर्ने भएका कारण धेरै मानिस आफूलाई डेगोंको शंकाहुने वित्तिकै त्यहा“ आउने गरेका छन् । ‘हामीले डेंगो परीक्षण गर्ने किट दुईसयवटा माग गर्दा मुस्किलले ५० वटा प्राप्त गर्छौ । त्यसकारण हामी विरामीको अवस्था हेरेर डेंगोको परीक्षण गर्छौ ।’, उनका अनुसार स्वास्थ्य कार्यालयस“ग अब २५ वटा मात्र किट बाकी रहेको छ । ‘अस्पतालबाट सिफारिस भएको सवैको परीक्षण गरेको खण्डमा एकदिनलाई मात्र पुग्ने किट हामीस“ग छ ।’, उनले भने ।

डेंगोको परीक्षण निजी क्लिनिकहरुले गर्ने गरेका भएपनि निकै मह“गो शुल्क लिने गरेको पाइएको छ । निजी क्लिनिकहरुले तीनहजार दुईसय रुपैयासम्म शुल्क लिनेको गरेका छन् । ‘हेटौंडाबाट धेरै विरामी डेंगु भेटिएपटि थप उपचारका लागि चितवन अथवा काठमाडौं जाने गरेका छन् ।’, उनका अनुसार अस्पतालका डाक्टरहरुले हेटौंडामा उपचार गर्न जोखिम बहन नगरी थप उपचारका लागि भन्दै चितवन सिफारिस गर्दा समेत विरामीहरु त्यसतर्फ जान बाध्य हुने गरेका छन् ।

हेटौंडा अस्पतालका प्रयोगशाला प्रमुख अनिल यादबका अनुसार दैनिक २० जनाभन्दा बढी विरामी डेंगो र स्क्रपटाइफसको परीक्षणका लागि आउने गरेका छन् । ‘हामीले स्वास्थ्य कार्यालयले निःशुल्क सेवा दिनेबारे जानकारी गराएर पठाउन गरेका छौं । तर, पछिल्लो एकहप्ताको विचमा धेरै यस्ता किसिमका विरामीहरु देखिन थालेका छन् ।’, उनले भने । उनका अनुसार केहीले हेटौंडामा र केही विरामी चितवन र काठमाडौं उपचारका लागि जाने गरेका छन् ।

डेंगुका बिरामी भेटिएपछि उच्च सर्तकता अप्नाउन स्वास्थ्य कार्यालय आग्रह समेत गरेको छ । उनले अनुसार असार अन्तिम साता र साउनको पहिलो हप्तामा आएको अविरल बर्षासगै जमेको पानीका कारण डेंगो र स्क्रफटाइफसको फैलिएको हुन सक्ने अनुमान गरे । डेंगो सुरुवा रोग भएकाले महामारी फैलने सक्ने भन्दै सचेत रहन ाग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here