हेटौंडा–मकवानपुर जिल्लामा डेंगु रोगको प्रकोप रोक्न मंगलबार जिल्ला सुरक्षा समितिको बैठक बसेको छ । बैठकले डेंगुको परीक्षण निशुल्क रुपमा गर्ने निर्णय गरेको छ ।

हालसम्म जिल्लामा एक सय २४ जनामा डेंगु संक्रमण देखिएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा डेंगु नियन्त्रणका लागि प्रशासनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ३ नम्बर प्रदेश स्वास्थ्य निर्देशनालय, हेटौंडा उपमहानगरपालिका, जिल्ला स्वास्थ्य कार्यालयका अधिकारको सहभागितामा सुरक्षा सम्बन्धी बैठक बसेको हो ।

बैठकले तीनवटा निर्णय गरेको छ । डेंगुको परीक्षण गर्न एक हजार शुल्क लाग्ने गरिएकोमा ३ न्म्बर प्रदेशको स्वास्थ्य निर्देशनालयले परीक्षण किट उपलब्ध गराई जिल्ला स्वास्थ्य कार्यालयबाट निशुल्क परीक्षण गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

उनका अनुसार डेंगु प्रभावित क्षेत्रमा शिविर नै सञ्चालन गरी परीक्षण गर्ने निर्णय भएको छ । सेना र प्रहरीले शिक्षक तथा विद्यार्थीलाई सचेतनामुलक तालिम पनि दिनेछ ।
आजको समृद्ध समाज दैनिकमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here