हेटौंडा– पश्चिमी मकवानपुरको मनहरी गाउँपालिकाले विद्यार्थीलाई विद्यालयमा आकर्षित गर्न तथा विद्यालय छाड्ने दर कम गर्ने उद्देश्यले दिवा खाजाको व्यवस्था गरेको छ । दिवास खाजा
कार्यक्रमका कारण विद्यालयको शैक्षिक गुणस्तरसमेत बृद्धि हुने विश्वास लिइएको छ ।

कार्यक्रमको प्रभावकारितालाई हेरेर आगामी आर्थिक वर्ष २०७६/०७७ वर्षमा पनि दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले
बताए । गाउँपालिकाले विद्यालय खुल्ने ६० दिनका लागि यसवर्ष दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

फागुन २१ गते बसेको छैटौं गाउँसभाद्धारा ३२ वटै विद्यालयमा प्राथमिक तहका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गर्ने निर्णय पारित भएर कार्यान्वयन प्रक्रिया अघि बढेको उनले जानकारी दिए । गाउँपालिकाले चालु आर्थिक बर्षको चैत, वैशाख, जेठ र असार महिनामा गरी विद्यालय खुल्ने ६० दिनका लागि चारहजार सातसय ८२ जना विद्यार्थीलाई निःशुल्क खाजा खुवाउनेछ ।विद्यार्थी १५ रुपैयाँका दरले खाजा खुवाउने तयारी रहेको गाउँपालिकाले जनाएको छ ।

दिवा खाजा कार्यक्रमबाट विद्यार्थीहरुको विद्यालय छाड्ने दर कम हुने, पोषणको मात्रा पूरा हुने र विद्यालय समयभर विद्यार्थीहरु विद्यालयबाहिर नजाने अपेक्षा गाउँपालिकाले गरेको गाउँपालिका उपाध्यक्ष एबम् प्रवक्ता मनिला बिष्टले जानकारी दिइन् । कार्यक्रम सञ्चालनका लागि व्यवहारिक किसिमको कार्यविधि निर्माणको काम भइरहेको उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here