आज साउन महिनाको पहिलो दिन,साउने सङ्क्रान्ती। साउने सङ्क्रान्तीअन्य सामान्य सङ्क्रान्तीभन्दा छुट्टै विशेषता बोकेको सङ्क्रान्ती हो । आजकै दिन लाई ” लुतो फाल्ने दिन” पनि भनिन्छ ।आजको दिन बिशेष गरि बिबाह भैसकेका छोरीहरुलाई माईतमा बोलाई विभिन्न परिकार एबम मिष्ठान्न भोजन गरेर र लुतो फालेर मनाईन्छ ।

असार महिनाभरी खेतबारीमा रुज्दै,माटो सङ्ग माया साट्दै मिहिनेत भित्राई पुन: सिर्जनाका बिज रोपिसकेपश्चात आजको दिनलाई परिवार तथा आफन्तजनहरु सङ्ग बाली अनुभव तथा समस्याहरुबारे छलफल गर्ने चाडको रुपमा समेत लिईन्छ । असारभरी महिना खेतवारीमा मिहेनेत गर्दै गर्दा हिलो,धुलो,फोहोर पानी र पसिनाबाट छालामा संक्रमण हुनगई लुतो,दाद,खटिरा,घमौराजस्ता विभिन्न चर्म रोगहरुको चपेटामा पर्नु कुनै नौलो कुरा हैन । कुनै पनि संक्रामक रोगहरु फालेर फालिने प्रकृतिको हुँदैन वा कुनै पनि रोग फालेर फालिँदैन ।फाल्न सकिँदो हो त यो कोरोना कहर पनि तुरुन्त निर्मुल गर्न सकिन्थ्यो होला ।

यसरी हेर्दा लुतो फाल्ने दिन बिरालो बाँधेर श्राद्द गर्ने सँस्कार जसरि निरन्तर चलाईराखिएको छ । जसानुसार आजको दिन बेलुकी आगो बालेर तितेपाती,पानीसरो,देबीसरो,कुकुरडाईनो जस्ता बिरुवाहरुलाई भलायोको पातले बेरि सिरुले बानी राँको तयार गरिन्छ र “बाह्र बर्षको लुतो लैजा है ” भन्दै थाल नाङ्लो ठटाई भलायोको राँको खेतबारीमा फालिन्छ । भोलि पल्ट राँके बार्ने भनी खेतबारीमा पाईला टेकिदैन ।यदि खेतबारीमा गए बाली डढ्ने रोग (राके)लाग्ने बिस्वास लिईदै आएको पाईन्छ । अबको पुस्ताले रुढीबादी परम्पराहरुलाई त्यागी ब्यबहारिक र बिज्ञान सम्मत सस्कारहरुमात्र अङ्गाल्नु पर्दछ ,सोहिअनुरुप लुतो फाल्ने दिनलाई ब्यबहारिक र बैज्ञानिक रुपमा बुझ्नु आबश्यक छ ।

कसरी बुझ्ने ?

१.तितेपातीले लुतोको औषधिको रुपमा काम गर्छ ।

२.थाल नाङ्लो ठटाउनुलाई प्राचीन समयको बाद्द्यबादनको रुपमा ।

२.खेतबारीमा काम गर्दाका फोहोर र भएका संक्रमणहरुबाट छुटकारा पाउन शरीर सरसफाई गर्ने दिनको रुपमा ।

३.असार महिनाभरी कामको चटारो हुने भएकाले परिवारिक र आफन्तजनहरुसङ्ग स्नेहमिलन गर्ने दिनको रुपमा ।

४.साउन २ गते बारिमा टेक्दा राके लाग्ने नभई आराम गर्ने दिनको रुपमा ।

५.बर्षभरिका आर्थिक अनियमितता टुङ्गेको दिन तथा बेरुजु फर्छ्यौट भई नयाँ आर्थिक बर्ष सुरु हुने दिनको रुपमा ।

६.देशको नयाँ बजेट कार्यान्वयन हुने पहिलो दिनको रुपमा ।

यसरी साउने सङ्क्रान्तीलाई लुतो रोग फाल्ने दिनको रुपमा नभई शरीर र समाज सरसफाई गरि दु:ख फाल्ने ,देशको आर्थिक उन्नयनमा आएको एक नयाँ दिनको रुपमा मान्नु आबश्यक छ । के हो लुतो ? लुतो Sarcoptes Scabiei नामक सूक्ष्म जीवाणुको कारण लाग्ने छाला रोग हो ।यो जीवाणुले छालाभन्दा तल्लो तहमा आफ्ना आफ्नो बासस्थान तय गर्दछ ।र छाला अत्याधिक चिलाउने र पाक्ने हुन्छ ।यो रोग सन्क्रमित ब्यक्तिसङ्गको प्रत्यक्ष छालाको सम्पर्कबाट ,ओछ्यान र लुगा साटासाटबाट छिट्टै अर्को ब्यक्तिमा सर्दछ । त्यसैले रोग लागेको थाहा हुनासाथ चिकित्सकको सल्लाहानुरुप चल्नुपर्छ ।

लेखक हेटौंडा–१४ मा रहेको जनज्योति मावि विज्ञान शिक्षक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here