हेटौंडा–केन्द्रीय परिपत्रलाई पालना गर्दै नेपाली काँग्रेस मकवानपुरले यहि साउन महिनाभित्रै क्रियाशील सदस्यता नवीकरण तथा नयाा सदस्यता वितरण गर्ने भएको छ ।

काँग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा शुक्रबार बसेको जिल्ला पार्टीको बैठकले उपसभापति विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा ७ सदस्यीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समिति गठन गरेको छ । जसको सदस्यहरुमा पार्टीका सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्यहरु राजिव सुवेदी र हरिप्रसाद वाग्ले रहेका छन् भने शुक्रबारै संयोजक लामिछानेले कोषाध्यक्ष गोपीलाल विश्वकर्मा र जिल्ला सदस्य अमृता थापामगरलाई समितिमा मनोनित गरिएको छ ।

त्यसैगरी काँग्रेसले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८ औं स्मृति दिवसमा आगामी साउन ६ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । काँग्रेस मकवानपुरको शुक्रबार बसेको नियमित बैठकले बीपी स्मृति दिवसको दिन काँग्रेसको जिल्ला पार्टी कार्यालयमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको हो । २०३९ साल साउन ६ गते बीपी कोइरालाको स्वर्गारोहण भएको दिनलाई स्मृति दिवसको रुपमा मनाउँदै आइएको छ । बैठकले असार महिनाभित्र दिवंगत भएका कांग्रेसका क्रियाशील सदस्य तथा परिवारजनमा समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरिएको प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।

त्यसैगरी बैठकमा राप्रपाबाट कैलाश गाउँपालिका अध्यक्षका उम्मेदवार भीम लामा राप्रपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । लामालाई पार्टीका पदाधिकारी तथा सदस्यहरुले टीका तथा खादा लगाई पार्टीमा स्वागत गरेका थिए । बैठकमा कांग्रेस मकवानपुरका पदाधिकारी, सल्लाहकार, जिल्ला कार्यसमिति सदस्यहरु, प्रतिनिधि सभा तथा प्रदेशसभाका सभापतिहरु, नगर सभापतिहरु, भातृ तथा शुभेच्छुक संघसंस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here