हेटौंडा– विभिन्न पाटी परित्याग ५१ जना नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । हेटौंडा–१६ नम्बर वडास्थित जरुङटोलका ५१ जनालाई सोमबार नेपाली काँग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाले टीका र खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।

कार्यक्रममा नेकपा, राप्रपालगायतका पार्टी परित्याग गरी अनिरा रुम्बाको नेतृत्वमा स्थानीय काँग्रेसमा आएका हुन् । पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि रहेका काँग्रेस उपमहानगर सभापति पराजुलीले कम्युनिष्टको खोक्रो आश्वासन र झुटको खेतिबाट जनता आजित भइसकेको दावी गरे । जनता कोरोनासाग लडिरहेको अवस्थामा सरकार भने भ्रष्टाचारमै व्यस्त भएको भन्दै उनले चुनावमा गरेका प्रतिवद्धता कार्यान्वयन भएनभएकोबारे अब जनताले बुझ्नु आवश्यक रहेको बताए ।

कम्युनिष्टबाट मुलुकको विकास र समृद्धि सम्भव नभएको उल्लेख गर्दै उनले अबको चुनावमा कम्युनिष्ट वास्तविक साइजमा आउने चेतावनी दिए । भेलाले प्रभाकर आले मगरको अध्यक्षतामा काँग्रेसको १७ सदस्यीय जरुङटोल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सुन्दर विक, सचिवमा पम्फा राना, सहसचिवमा मधु गोले र कोषाध्यक्षमा सुवास आले मगर रहेका छन् । कांग्रेस हेटौंडा १६ का सभापति रामकृष्ण कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सल्लाहकार मोहन बस्ताकोटी, क्षेत्रीय सदस्य ध्रुब दुलाल, वडा सचिव बुद्धिलाल स्याङ्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here