प्रदेश-२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना भाइस (कोभिड-१९) पोजिटिभ देखिएको छ । बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ देखिएको हो ।  

उनलाई मधेस भवनमा रहेको निवासकै आइसोलेसनमा राखिएको स्रोतले जनाएको छ । मन्त्रालयका अन्य ७ जनामा पनि कोरोना पुष्टि भएको छ ।

संक्रमित कर्मचारी २८ देखि ५२ वर्ष उमेर समूहका छन् । उनीहरूको पद भने खुलाइएको छैन । 

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का ६ कर्मचारी र सामाजिक विकास मन्त्रालयका ३ कर्मचारीको पीसीआर रिापोर्ट पोजिटिभ आएको शिलापत्र डटकमले समाचारमा उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here