हेटौंडा– हेटौंडाको हुप्राचौरमा जारी हेटौडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगितामा बुधबार ४ खेलहरु सम्पन्न भएको छ । खेलमा बगरभाई खलक पोखरा , चावहिल भेट्रान्स, सानो गौचरण काठमाडौं र हेटौंडा भेट्रान्स सुपर बिजयी भएको छ ।

पहिलो खेलमा बगरभाई खलक पोखराले हाम्रो वीरगंज भेट्रान्सलाई ट्राइबेकरमा ३–२ गोलले पराजित गरेको हो । खेलको निर्धारित समयसम्ममा दुवै समुहबाट १–१ गोलको बराबरी भएको थियो । खेलमा हाम्रो वीरगंज भेट्रान्सको मनोज चौधरी र बगरभाई खलक पोखराको मनोज गुरुङ्ले १–१ गोल गरेका थिए । ट्राईब्रकेरमा भएको खेलमा बगरभाई खलक पोखरा ३–२ गोलअन्तरले बिजयी भएको हो ।

दोस्रो खेलको क्वाटरफाईनलमा चावहिल भेट्रान्स बिजयी भएको छ । बौद्व भेट्रान्स र चावहिल भेट्रान्सबीच भएको प्रतिष्पर्धामा चावहिलले १–० गोलअन्तरमा जीत आफ्नो पोल्टामा पारेको हो । चावहिललाई जीत दिलाउन सरोज थापाले गरेको १ गोल नै निर्णायक बन्यो । यस्तै तेस्रो खेलअन्तर्गत भएको क्वाटरफाईनलमा सानो गौचरण काठमाडौं बिजयी भएको छ । भनिमण्डल भेट्रान्सलाई १–० गोलअन्तरले हराउदै सानो गौचरण बिजयी भएको हो । सानोगौचरणको लागि नरेश श्रेष्ठले गरेको १ गोल नै बिजयी गोल बनेको हो ।

अन्तिम खेलअन्तर्गत भएको चौथौ खेलमा हेटौंडा भेट्रान्स सुपरले सिमरा भेट्रान्सलाई ट्राइब्रेकरमा हराएको हो । निर्धारित समयसम्म दुवै समुहबाट एक गोलपनि हुन नसकेपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिईएको थियो । ट्राईब्रेकरमा सिमरा भेट्रान्सलाई ४–३ गोलअन्तरले हराउदै हेटौंडा भेट्रान्स सुपर बिजयी भएको हो । नकआउट चरणमा खेलाइएको खेल प्रतियोगिताको १० गते फाईनल हुनेछ । प्रतियोगितामा बिजेताले एक लाख एक हजार एक सय ११ र उपबिजेताले ५१ ह्जार एक सय ११ रुपैयाँ प्राप्त गर्ने कार्यक्रम संयोजक कविन सांगामीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here