हेटौंडा–नेपाली कांग्रेसले मकवानपुरका एक सय २ वटै वडामा बिहीबार प्रदर्शन गरेको छ । संसद विघटनको विरुद्ध विभिन्न चरणमा आन्दोलन गर्दै आएको नेपाली कांग्रेसले केन्द्रीय कार्यक्रमअन्तर्गत देशभरका वडाहरुमा प्रदर्शन गरेको हो ।
वडा समितिको आयोजनामा भएको विरोधसभामा जिल्ला नेताहरु विभिन्न वडामा बाँडिएर सम्बोधन गर्न पुगेका थिए । नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ मकवानपुरको मनहरी गाउँपालिकाको ६ र ९ नम्बर वडामा भएको कार्यक्रममा सहभागी भए । उपसभापति विष्णुप्रसाद लामिछाने वडा नम्बर ७ मा भएको कार्यक्रममा सहभागी भएका थिए भने प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल १५ नम्बर वडामा भएको कार्यक्रममा सहभागी भएका थिए । त्यस्तै सचिव बुद्ध लामा कैलाश गाउँपालिका ९ र १० वडामा सहभागी भए ।
सहसचिव रामबाबु बानियाँ र कोषाध्यक्ष गोपिलाल विक हेटौंडा १८ नम्बर वडाको कार्यक्रममा सहभागी भई मन्तव्य व्यक्त गरेका थिए भने प्रवक्ता प्रदिप कोइराला हेटौंडा–४ नम्बर वडामा भएको कार्यक्रममा सहभागी भएका थिए । त्यस्तै नगर सभापति आनन्दराम पराजुली हेटौंडा ४, ५ लगायतका वडाहरुमा भएको कार्यक्रममा सहभागी बनेका थिए । जिल्लाभरका विभिन्न वडाहरुमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५ सयजनाभन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस मकवानपुरले जनाएको छ ।
कांग्रेसले यसअघि जिल्ला तह, प्रतिनिधिसभा र प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहस्तरमा प्रदर्शन गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here