हेटौंडा– स्थानीय तह कर्मचारी युनियन मकवानपुरको तदर्थ समिति गठन भएको छ । शनिबार हेटौंडामा भएको भेलाले राक्सिराङ गाउँपालिकाका अधिकृत चुननारायण श्रेष्ठको अध्यक्षतामा ७ सदस्यी जिल्ला तदर्थ समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा शान्ति हिमडुङ, सचिवमा लक्ष्मण अधिकारी र कोषाध्यक्षमा सीताराम रिमाल चयन भएका छन् । सदस्यहरुमा गोविन्द अधिकारी, अमिर दाहाल र शिवध्वज गोदार रहेका छन् । नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय महासचिव रामप्रसाद पौडेल, बागमती प्रदेश प्रमुख शिवजी भट्टराई, प्रदेश सचिव गोपाल घिमिरे, नेपाल निजामति कर्मचारी युनियन मकवानपुरको अध्यक्ष राजकुमार अर्याल, नेपाली कांग्रेस मकवानपुर काठमाडौं सम्पर्क समितिका अध्यक्ष पुरुषोत्तम ठकुरी, तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकलगायतको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here