आम्सटर्डम, (एजेन्सी)

अडियो क्यासेटका आविष्कारक तथा डच इन्जिनियर लो ओट्टेन्सको ९४ वर्षको उमेरमा निधन भएको छ । साठीको दशकमा क्यासेट टेपको विकास भएको थियो । त्यसयता विश्वभरि करिब १ सय अर्बप्रति क्यासेट चक्का बिक्री भएको हुनुपर्ने विशेषज्ञहरूको अनुमान रहेको छ ।

ओट्टेन्सको आविष्कारको कारण विश्वका संगीत श्रोताहरूको जिवनशैलीमै व्यापक परिवर्तन आएको थियो । तर कालान्तरमा सिडीको जमाना समेत सकिएर पेन ड्राइभहरूमा गीत संगीत सजिलै बोकेर हिंड्ने सक्ने भएकाले क्यासेट चक्काको व्यापार सुस्ताएको थियो । तर, केही वर्षयता भने पुनः अडियो क्यासेटको प्रयोग शुरू हुन थालेको आभाष पाइन्छ ।

एनका पारिवारिक सूत्रले इन्जिनियर ओट्टेन्सको गत सप्ताहान्त उनकै गृहनगर डुइजेलमा उनको निधन भएको मंगलबार सार्वजनिक गरेको थियो ।साठीको दशकमा ओट्टेन्स फिलिप्सको उत्पादन विकास विभागका अध्यक्ष रहेका थिए । उनले आफ्नो टोलीसँग मिलेर त्यही अडियो क्यासेटको आविष्कार गरेका थिए । सन् १९६३ मा वर्लिन रेडियो इलेक्ट्रोनिक्स मेलामा प्रदर्शित भएपछि उनको आविष्कारले विश्वभरि सफलता प्राप्त गरेको थियो । उनले आफ्नो आविष्कार विशेषगरी फिलिप्स र सोनी कम्पनीसँग सम्झौता गरेका थिए ।

कम्प्याक्ट डिस्कको विकास कार्यमा पनि उनको उल्लेखनीय योेगदान रहेको छ । अहिलेसम्म विश्वभरि कम्प्याक्ट डिस्क पनि २ सय अर्बवटा भन्दा बढि बिक्री भइसकेको तथ्यांक छ । आफ्नो कामबाट अवकाश लिइसकेकपछि उनले फिलिप्सले नभई सोनी कम्पनीले क्यासेट टेप प्लेयरको अर्को रूप वाकम्यान बनाएकोमा आफूलाई सबैभन्दा बढि दुःख लागेको प्रतिक्रिया दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here