हेटौंडा–लामो समयदेखि कलाकारितामा लागेकाहरु र लागूऔषध दुव्र्यसनविरुद्ध काम गरेकाहरुलाई हौसला र प्रोत्साहन दिने हिसाबले ४२ वटा विधामा अवार्डको घोषणा गरिएको छ । थाहा कला केन्द्र मकवानपुर र सिआन पुनस्र्थापना केन्द्रले संयुक्त रुपमा विभिन्न विधामा अवार्ड प्रदान गर्न लागेको हो ।

कला केन्द्र र पुनस्र्थापना केन्द्रले शनिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी आगामी जेठ ९ गते थाहा नगरपालिकाको पालुङमा एक कार्यक्रमकाबीच अवार्ड प्रदान गरिने जानकारी दिएको हो । मकवानपुरमा रहेका कलाकारहरुमध्ये ३१ वटा विधामा अवार्ड प्रदान गर्न लागिएको थाहा कला केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले जानकारी दिए । मकवानपुर स्थायी घर भई कलाकारितामा लागेकाहरुलाई व्यक्तिगत विवरणसहितको फर्म भर्न सुरु गरिएको बताउँदै उनले निष्पक्ष ढंगबाट छनौट गरी अवार्ड दिइने बताए ।

त्यसैगरी लागुऔषध दूव्र्यसनविरुद्धको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संघसंस्थालाई पनि अवार्ड प्रदान गर्न लागिएको छ । लागुऔषध दुव्र्यसनीको लागि सुधार केन्द्र सञ्चालन गरिरहेको सिआनले ११ वटा विधामा अवार्ड दिन लागेको हो । अवार्डको लागि देशभरका २ सय ९३ वटा रिकरभरिङ सेन्टरबाट फर्म भरेर विवरण लिइएको बताउँदै सिआन पुनस्र्थापन केन्द्रका अध्यक्ष सौजन डिसीले त्यसमध्येबाट ११ वटा विधामा अवार्ड प्रदान गरिने जानकारी दिए ।

कार्यक्रमकैबीच ५ जना पत्रकारलाई सम्मान गरिने कार्यक्रम संयोजक भुपेन्द्र रानाले जानकारी दिए । कार्यक्रममा सिआन पुनस्र्थापना केन्द्रका सचिव अनिल अधिकारी, मकवानपुर तामाङ कलाकार संघका रविन्द्र थिङ, सिआन र थाहा कला केन्द्रका प्रेस संयोजक रुपक कालिराजलगायतले आफ्ना भनाइ राखेका थिए । अवार्डमा कुल ११ लाख रुपैयाँ खर्च अनुमान गरिएकोमा थाहा कला केन्द्रले ७ र सिआनले ४ लाख रुपैयाँ खर्च बेहोर्ने योजना बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here