अमेरिकाको एटलान्टा राज्यको विभिन्न तीन स्थानमा रहेका महानगरीय खनिज जलीय स्थल ९स्पा० मा गोलाबारी हुँदा आठजनाको मृत्यु र एकजना घाइते भएका छन्।

घटना एटलान्टाको महानगरिय क्षेत्रमा भएको हो। एटलान्टा प्रहरीका अनुसार दुई घटना उत्तरपूर्वी एटलान्टा र चेरोकी काउन्टीको उत्तरपश्चिममा भएको हो। चेरोकी काउन्टीमा भएको घटनामा संलग्न भएको आरोपमा २१ वर्षीय रोबर्ट आरोन लंगलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनलाई क्रिस्प काउन्टीमा राखिएको छ जुन एटलान्टा भन्दा १५० माइल टाढा दक्षिणमा छ।

चेरोकी काउन्टीका शेरिफका अनुसार सहायकहरुलाई जर्जियाको एकवर्थ नजिक रहेको योङ्ग एसियन मालिश केन्द्रमा गोलीवारी चलेको खबर गरिएको बताए। सहायक प्रहरी त्यहाँ पुग्दा ५ जना घाइते अस्वस्थामा पाइएका थिए । त्यही २ जनाको निधन भएको घोषणा गरिएको थियो भने अस्पतालमा दईजनाको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here