हेटौंडा–हेटौंडा–२, बासुदेवमार्गमा रहेको बालजागृति इंग्लिस सेकेण्डरी स्कुलमा कक्षा १ देखि १० कक्षाका विद्यार्थीबीच नृत्य प्रतियोगिताका साथ विविध सांस्कृतिक कार्यक्रम भएको छ । शैक्षिक सत्र २०७६ को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरणसमेत गरिएको छ ।

शुक्रबार भएको नृत्य प्रतियोगितामा कक्षा ९ र १० तर्फबाट स्वफी श्रेष्ठ , कृतिका थापा, प्रजिता गैरे र कृशु अर्यालले उत्कृष्ट नृत्य अवार्ड जितिन् । त्यसैगरी कक्षा ६, ७ र ८ कक्षाकाबीच भएको प्रतियोगितामा चुनु कुमार, सुवर्ण थापा, एंगेल गहतराज र सुरेश्ना श्रेष्ठले अवार्ड पाए । कक्षा १ देखि ५ सम्मको प्रतियोगितामा अग्रता रेग्मी, संस्कृति थापा, प्राज्ना ढकाल र मेलिजा लामाले अवार्ड पाइन् ।

विद्यार्थीले कार्यंक्रममा गीत तथा नाटक समेत मञ्चन गरेका छन् । नृत्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका ५५ जना विद्यार्थी सहभागी भएका थिए भने गायनतर्फ १६ जना विद्यार्थी सहभागी भएका थिए । विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यता रहेको थियो ।

विद्यालयका प्रिन्सिपल विनोद सुबेदीले स्वागत मन्तव्य राख्दै विद्यार्थीको अतिरिक्त क्षमता वृद्धिका लागि विद्यालयले विभिन्न कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) की केन्द्रीय समितिकी सहकोषाध्यक्ष ग्रेस श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र देवकोटा, मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. शंकर उपाध्यायलगायतको आतिथ्यता रहेको थियो ।

नृत्य प्रतियोगिताको निर्णायकमा एलिना राना, अनुप श्रेष्ठ र राजकुमार लामा रहेका थिए । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई विद्यालयले पुरस्कारसहित सम्मान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here