हेटौंडा/ शेयर लगानीको लागि व्यवस्थित पुँजी बजारको निर्माणको लागि नीतिगत व्यवस्थामा परिवर्तन गरिनुपर्नेमा जोड दिइएको छ ।

नेपालको पूँजी बजारको विस्तार र विकासका लागि हरेक जिल्लाबाट शेयर कारोबारको सुविधा आवश्यक रहेको बताइएको छ । आइतबार हेटौंडामा आयोजित पूँजी बजार सम्बन्धि लगानीकर्ता सचेतना कार्यक्रममा सहभागीहरुले मुलुकका विभिन्न स्थानबाट शेयर खरिद बिक्रीको वातावरण मिलाउनु पर्नेमा जोड दिए ।

पूँजी बजारलाई मुलुकभरी पुर्याउन सचेतना कार्यक्रम आवश्यक रहेको सहभागीहरुले जोड दिएका थिए । लगानीकर्ता सचेतना कार्यक्रमसँगै लगानीकर्ताले आफू रहेको स्थानबाट शेयर कारोबार गर्न सक्ने व्यवस्था नहुँदासम्म पूँजी बजारलाई देशव्यापी बनाउन समस्या हुने बताइएको छ । लगानीकर्तालाई पूँजी बजार सम्बन्धी साक्षरता प्रदान गर्दै धेरै लगानीकर्तालाई पुँजी बजारमा भित्र्याउने अवधारणा रहेको जनाइएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिड्ग लिमिटेड र नेपाल पुँजी बजार लगानीकर्ता संघको संयुक्त अयोजना तथा सहआयोजक स्वर्णलक्ष्मी सेक्यूरिटिज प्रा.लि र सेवा सेक्यूरिटिज प्रालिको व्यवस्थापनमा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, संघ बागमति प्रदेश संयोजक गोकर्ण कार्की, नेपाल पुँजी बजार लगानीकर्ता संघ मकवानपुरका संयोजक प्रमेश प्रधानलगायतको आतिथ्यता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here