काठमाडौं– पेट्रोलियम पदार्थको मूल्य पछिल्लो ६ वर्षकै उच्च विन्दुमा पुगेको छ। यो वर्षको सुरुवातसँगै बढ्न थालेको तेलको मूल्य एक वर्षभित्रमा प्रतिलिटर १८ रुपैयाँ बढेको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २५ रुपैयाँ बढेर एक सय रुपैयाँ नाघेको छ।

कोरोना भाइरसको प्रभावले आहात भएका उपभोक्तालाई पेट्रोलीयम पदार्थमा भएको वृद्धिले थप घोचेको छ। यसको असर यति मात्रै छैन्। सार्वजनिक यातायात व्यवसायीहरुले भाडा बढाउनु पर्ने माग राखेका छन् भने हवाई यातायातमा भाडा बढिसकेको अवस्था छ।

यस्तै पेट्रोलीयम पदार्थको मूल्य बढेपछि खाद्यन्न देखि लत्ताकपडासम्मको ढुवानी खर्च बढ्ने भएकोले सम्पूर्ण वस्तु तथा सेवामा मूल्यवृद्धि हुने र महंगी बढ्ने अर्थविदहरु बताउँछन्।

नेपाल आयल निगमले यो वर्ष १३ पटक इन्धनको मूल्य समायोजन गरेको छ। यो वर्ष लगातार बढिरहेको इन्धनको मूल्य पछिल्लो २ महिनामा मात्रै ५ पटक बढाइएको छ। माघ र फागुनमा एउटै महिनामा दुई दुइ पटक मूल्य बढेको छ।

यस्तै चैतको सुरुवातसँगै बढेको पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने क्रममा छ। हरेक १५ दिनको अवधिमा निगमले पेट्रोलीयम पदार्थको मूल्य हेरफेर गर्दै आएको छ। हालको पेट्रोलको मूल्य विगत ६ वर्ष यताकै उच्च हो।

यसअघि २०७१ को मङ्सिर ८ गते पट्रोलको मूल्य १ सय २५ रुपैयाँ प्रतिलिटर पुगेको थियो। यस्तै डिजेलको मूल्य पनि लगातार बढिरहेको छ। यो एक वर्षमा डिजेलको मूल्यमा प्रतिलिटर २५ रुपैयाँले वृद्धि भएको छ। गत बैशाख महिनाको सुरुवातमा डिजेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ थियो।

करको मार

अहिलेको मूल्य अनुरुप निगमले रक्सौलरबरौनीको डिपोबाट पेट्रोल खरिद गर्दा ६० रुपैयाँ ७३ पैसा आइआोसीलाई प्रति लिटर तिर्छ। त्यसपछि सो मूल्यमा भन्सार शूल्कबापत २५ रुपैयाँ २० पैसा, सडक मर्मत सम्भार करबापत प्रतिलिटर ४ रुपैयाँ, पूर्वाधार विकास करबापत ५ रुपैयाँ, प्रदुषण शूल्क बापत १ रुपैयाँ ५० पैसा, मूल्य स्थिरीकरण कोषबापत १ रुपैयाँ ५० पैसा, मूल्य अभिवृद्धि करबापत १३ रूपैयाँ ५८ पैसा नेपाल सरकारले उठाउँछ।

यसरी सरकारले उठाउने रकमसँगै निगमले रक्सौलरबरौनीबाट काठमाडौंसम्म ल्याउँदाको ढुवानी भाडा र निगमको प्रशासनिक एवं विक्री खर्चबापतको रकम जोडेर खरिद मूल्यको दोब्बर मूल्य निर्धारण गरिएको छ। उपेन्द्र शाही/डीसी नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here