काठमाडौं– हालै गरिएको स्वास्थ्यसम्बन्धी एक अध्ययन अनुसार कोभिड १९ र मानिसको निन्द्रा बीच प्रत्यक्ष सम्बन्ध रहेको पाइएको छ ।

विश्वमा कोरोना भाइरसको महामारी फैलिरहेको वर्तमान समयमा निन्द्राको समस्याले ४० प्रतिशत मानिसलाई सत्ताएको विश्लेषण सो अध्ययनले गरेको छ ।

साथै कोभिड १९ को शिकार हुनेमध्ये अधिकांशमा सुत्ने समस्या भेटिएको छ । त्यसैले सुत्ने काममा गडबडी भएकाहरुलाई कोरोनाको शिकार हुने र त्यसले खतरनाक परिणम भोग्नुपर्ने सम्भावना निकै धेरै भएको चेतावनी दिइएको छ ।

राति मस्तसँग निदाउने प्रत्येक एक घण्टाले संक्रमणबाट छुने सम्भावना १२ प्रतिशतले कम हुने गरेको अध्ययनले बताएको छ । यो नयाँ तथ्य अनलाइन जर्नल न्युटटसन प्रिभेन्सन एन्ड हेल्थमा प्रकाशित गरिएको हो ।

हुन त लामो समयदेखि निन्द्रा राम्ररी नआउनेहरुलाई ब्याक्टेरिया वा भाइरसको संक्रमणको सम्भावना अन्यलाई भन्दा बढी हुने सर्वविदितै थियो । तर, यसपालि वैज्ञानिकहरुले यो वास्तविकता कोरोना भाइरसको बिषयमा पनि सत्य छ वा छैन भन्ने जान्न अनुसन्धान गरेका हुन् ।

सन् २०२० को जुलाइदेखि सेप्टेम्बरसम्म फ्रान्स, कर्मनी, इटाली, स्पेन, बेलायत र अमेरिकामा स्वास्थ्यकर्मीहरुमा यस सम्बन्धमा सर्वेक्षण गरिएको थियो । यसमा भाग लिएका करिब २ हजार ८८४ स्वास्थ्यकर्मीहरुमध्ये ५ सय ६ जना संक्रमित हुन पुगेका थिए । समाचारपत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here