हेटाैंडा- हेटौंडाका गजलकार भाेला शिवाकोटी दम्पतीद्वारा लिखित गजल सङ्ग्रह गोधूलि चिन्तन लाेकार्पण गरिएकाे छ । शनिबार हेटौंडामा झरना साहित्यिक परिवारकाे अायाेजनामा एक कार्यक्रमकाबीच कृति विमोचन गरिएकाे हाे । शिवाकोटी र  एस.आर मञ्जरी ओली शिवाकोटीले संयुक्त रुपमा कृति लेखेका हुन् । मकवानपुरका वरिष्ठ साहित्यकार तुल्सी थापा र कृति लेखकका ९७ वर्षका बुबा कृष्णप्रसाद शिवाकोटीले संयुक्त रुपमा कृति विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिल, साहित्यकार आर.सि रिजाल, रमेश मोहन अधिकारी, सुवास खनाल लगायतकाकाे उपस्थिति रहेको थियो । कार्यक्रममा झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गाैतमकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सदस्य शुभलक्ष्मी प्रभाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । गजलकार देवराज तिवारी र विश्वनाथ संजेलले कृतिमाथि टिप्पणी राखेका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here