हेटाैंडा- मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका ७ को विकट क्षेत्र आग्रा बाहुनचौरमा एमाले, माओबादी केन्द्र र राप्रपा परित्याँग गरी ३ सय ७४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस थाहा नगरपालिका ७ का वडा सभापति शिवराज थिङ्गको सभाध्यक्षता, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको विशिष्ठ आथित्यतामा नववर्षक‍ो शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम भएको हो । थाहा ७ मा रहेको विभिन्न महिला सहकारीमा आवद्ध १ सय ७० जना महिलाहरु र २ सय ४ जना स्थानीयहरु गरि ३ सय ७४ जना कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई प्रमुख अतिथि तथा विशिष्ठहरुले खादा तथा कांग्रेसको सदस्यता दिएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, कांग्रेस मकवानपुरका सल्लाहकारद्वय जयराम लामिछाने र उमा दाहाल, जिल्ला सदस्य एवं थाहा नगरका उपमेयर खड्ग गोपाली, प्रतिनिधि सभा २ का संघीय सभापति यतिराज सापकोटा, प्रदेश सभापति लोक मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ, काठमाडौं मकवानपुर सम्पर्क समितिका अध्यक्ष पुरुषोत्तम ठकुरी, स्थानीय नेता तथा समाजसेवी रामचन्द्र कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here