हेटाैंडा- पत्रकार महासंघ मकवानपुर शाखाले स्थापना गरेकाे पत्रकार उपचार काेषमा मकवानपुर उद्योग वाणिज्य संघले ७५ हजार सहयोग गरेको छ। साेमबार पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान कार्यक्रमकाबीच संघले महासंघको उपचार कोषमा सहयाेग प्रदान गरेकाे हाे ।

संघका अध्यक्ष कृष्ण कटुवालले नवनिर्वाचित अध्यक्ष मणिराज गौतमलाई ७५ हजारको चेक हस्तान्तरण गरेका थिए । साथै कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गौतम सहित,कार्य समिति पदाधिकारी,केन्द्रीय तथा प्रदेश परिषद सदस्यलाई टीका र खादा लगाएर स्वागत गरेका थिए

कार्यक्रममा बोल्दै संघका अध्यक्ष कृष्ण कटुवालले जोखिम मोलेर अग्रपङ्क्तिमा रहेर जनतालाई सुसुचित गर्न लागिपर्ने सञ्चारकर्मीले बिरामी हुँदा उपचारमा सहयाेग मिलाेस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरेको बताए। महासंघ मकवानपुर अध्यक्ष गौतमले उद्योग वाणिज्य संघको सहयोगले पत्रकारलाई सम्मान मिलेको बताए ।
कार्यकमकैबीच व्यवसायी दिपचन्द अग्रवालले उद्याेग वाणिज्य संघकाे निर्माणाधीन अतिथि सदन निर्माणकाे लागि १ लाख १ हजार १ सय ११ रूपैयाँ सहयाेग हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा संघका उपाध्यक्ष रामप्रसाद दाहाल, महासचिव प्रमाेदसिं रानाभाट, सचिव काव्यमणि अधिकारी, सचिव सन्ताेष अर्याल, महासंघ मकवानपुरकी उपाध्यक्ष सरला अधिकारी, सहसचिव एमपी शर्मा, मानवी बानियाँ, काेषाध्यक्ष केशव समर्पणलगायतकाे उपस्थिति रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here