हेटौंडा–मकवानपुर घरेलु तथा साना उद्योग संघको अध्यक्षमा गणेशहरी उप्रेतीलाई चयन गरिएको छ । सोमबार हेटौंडामा भएको आठौं अधिवेशनबाट उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्षमा सुर्वणलाल श्रेष्ठ, द्वितीय उपाध्यक्ष होमराज मगर, महासचिवमा कुमार पौडेल, सचिवमा शिव प्रसाद खतिवडा (राजु) कोषाध्यक्षमा रामहरि तिमल्सिना चयन भएका छन् ।

सदस्यहरुमा विष्णुकुमार नेपाल, सुर्यप्रसाद पौडेल, टंक काफ्ले, दिपेन्द्र कार्की, अमित श्रेष्ठ, मेनका श्रेष्ठ, चम्फुरत्न लामा, रिना गौतम, यतिराज सापकोटा, गीता मैनाली रहेका छन् । संघको नगर अध्यक्षमा तारा कार्की र महिला उद्यम समिति अध्यक्षमा सन्तोषी बानियाँ चयन भएका छन् ।

संघका अध्यक्ष तारानाथ चौलागाइको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष श्याम गिरीको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here