हेटौंडा–बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी निरीक्षक रोशन थापालाई उत्कृष्ट प्रहरी घोषित गरेको छ । हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको प्रदेश प्रहरी कार्यालयले चैत महिनाको उत्कृष्ट प्रहरीमा थापालाई घोषणा गरेको हो ।

प्रदेश प्रहरी कार्यालय हेटौंडामा रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाएको, कार्यालयबाट सञ्चालित टेलिभिजन कार्यक्रमको निर्माण, सम्पादन, संचालन कार्य गरेको, प्रदेशअन्तर्गत् २२ वटा भन्दा बढी रेडियो स्टेशनबाटसमेत पाक्षिक रुपमा प्रसारण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको, प्रदेश प्रहरी प्रमुख र मातहत प्रहरी कार्यालय प्रमुखबीच भएको कार्य सम्पादन सम्झौताको मासिक प्रगति विवरणको मूल्यांकन कार्यमा जिम्मेवारी निर्वाह गरेको भन्दै थापालाई चैत महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

प्रहरीको कार्यसम्पादनमा प्रभावकारिता र काम गर्न हौसला प्रदान गर्ने उद्देश्यले प्रदेश प्रहरीले हरेक महिना उत्कृष्ट प्रहरी घोषित गर्दै सम्मान गर्ने गरिएको बागमती प्रदेश प्रहरी कार्यालयकी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here