पाकिस्तानको क्वेटा शहर स्थित सुविधा सम्पन्न एक होटलमा बम बिस्फोट हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ । अरु ११ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

क्वेटा शहरको सेरेना होटलको कार पार्किङ्ग क्षेत्रमा आक्रमण भएको हो । आक्रमणकारीले पाकिस्तानका लागि चिनियाँ राजदूतलाई निशाना बनाउन खोजेको हुन सक्ने बताइएको छ । सेरेना होटलमा चिनियाँ राजदूत बस्दै आएका थिए, तर आक्रमणका बेला उनी त्यहाँ नरहेको पाकिस्तानका आन्तरिक मामिला मन्त्री शेख रशिद अहमदले बताएका छन् । राजदूत नोङ्ग रोङ्ग सुरक्षित रहेको उनले बताएका छन् । बिस्फोटक पदार्थले भरिएको कार होटलको पार्किङ्ग क्षेत्रमा गएर बिस्फोट भएको मन्त्री अहमदले स्थानीय एअर न्यूज च्यानललाई बताएका छन् ।

आक्रमणको जिम्मा पाकिस्तानी तालिबानले लिएको छ । पछिल्लो महिनाहरुमा तालिबानसहितका सशस्त्र समूहले अफगानिस्तानसँगको सीमा क्षेत्रका आदिवासी क्षेत्रहरुमा आक्रमण गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here