हेटौंडा– माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिङ (वाइसिएल)को थाहा नगरपालिका अध्यक्षमा मानसिं दोङ चयन भएका छन् । शनिबार भएको भेलाले दोङको अध्यक्षतामा ४१ सदस्यीय कमिटी चयन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा उत्तम थापा, दिवाकर गोपाली, संग्राम बिष्ट, सचिबमा युवराज बिष्ट, कोषाध्यक्षमा देवकी तामाङ, सहसचिबमा कृष्णमान लो, राजिब बिक्रम खड्का रहेका छन् । त्यस्तै सदस्यहरुमा सुबिन्द्र गोपाली, युवराज थिङ, रबि कार्की, अरुण मोक्तान, पुर्ण थिङ, कुमार रायमाझी, मनिष अधिकारी लगायत रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि वाइसिएलका केन्द्रीय सचिब तथा नेकपा माओबादी केन्द्र बागमती प्रदेश सदस्य प्रकाश पाण्डेले वाइसिएलले सँधै श्रमजीवीहरुको हितमा कार्य गर्ने बताए । युवाहरुलाई अहिलेको बैज्ञानिक, प्राविधिक युगमा सबै खालका सीप सिकेर राष्ट्र निर्माणमा लाग्न उनले आग्रह गरे । नेकपा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्टले समाजको उन्नतिको लागि युवाको भुमिका महत्वपूर्ण हुने बताए ।

भेलामा नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य तथा थाहा नगर इन्चार्ज लक्ष्मण बिष्ट, सह इन्चार्ज जयराम रायमाझी, इन्द्रसरोवर इन्चार्ज बिनायक गोले, जिल्ला सदस्य बिनोद कुमार लामा, थाहा नगर अध्यक्ष अरुण रायमाझी, वाइसियल बागमती प्रदेश सदस्य दिपेन्द्र कुमार थिङ, मकवानपुर अध्यक्ष राजकुमार मोक्तान, एकीकृत अखिल नेपाल शिक्षक संगठन थाहा नगर अध्यक्ष मनोज रायमाझी लगायतको अतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here