हेटौंडा–हेटौंडा अस्पतालमा गएराती एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोभिड एचडियु कक्षमा उपचाररत हेटौंडा–१ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका कोभिड ईन्चार्ज डाक्टर सागर काफ्लेलेका अनुसार ती संक्रमितको बेलुकी ९ बजेर १७ मिनेटमा मृत्यु भएको हो ।

यसैबीच हेटौंडा अस्पतालमा आजदेखि ओपिडी सेवा बन्द हुने भएको छ । अस्पतालमा कोरोना संक्रमितको चाप बढेसँगै ओपिडी सेवा बन्द गरेर कोरोना उपचारमा केन्द्रित हुन लागेको अस्पतालले जनाएको छ । कोरोनाको लागि हाल २० बेड छुट्याइएकोमा त्यसले अपुग भएपछि ओपिडि सेवा बन्द गरेर बेड संख्या ५० पुर्याउने तयारी गरिएको जनाइएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा रजिष्ट्रर राजेश प्रसाईको अधयक्षतामा आइतबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्म अस्पतालको ओपिडि सेवा बन्द गर्ने निर्णय गरेको हो ।

अस्पतालमा आकस्मिक सेवा, प्रसुती सेवा, ज्वरो क्लिनिक सेवा भने यथावत संचालन हुनेछ । कोरोना संक्रमित बिरामीको उपचारको लागि आईसियू, एचडियू र जनरल वार्डलाई कोभिड सेवामा परिणत गरिने अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here