हेटौंडा–मकवानपुरमा थप ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बुधबार बिहान ९७ जनाको स्वाब र एन्टिजिन संकलन गरी परीक्षण गर्दा ४८ प्रतिशत अर्थात ६८ जना संक्रमित भेटिएका हुन् ।

जसमध्ये ७५ वर्ष माथिका ज्येष्ठ नागरिक एकजना र बालबालिका २ जना रहेका छन् । हेटौंडा अस्पताल र सहरी स्वास्थ्य केन्द्र हेटौंडा–२ मा सेवा लिन आएकाहरुमध्ये बुधबार ८८ जनाको स्वाब पिसिआर परीक्षण गरिएकोमा ६३ जना र ९ जनाको एन्टिजिन परीक्षण गरिएकोमा ५ जनाको रिपोर्ट पोजेछिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

संक्रमितमध्ये हेटौंडा–४ का सबैभन्दा धेरै २२ जना रहेका छन् । कोरोना पोजेटिभ हुनेहरुमा थाहा नगरका ५ जना र मनहरी गाउँपालिकाका ४ जना रहेका छन् । अन्य सबै हेटौंडाभित्रकै हुन् । यससँगै मकवानपुरमा कोरोना भाइरसको संक्रमण पुष्टी हुनेको संख्या ४ हजार ९ सय २१ जना पुगेको छ । जिल्लामा कोरोना संक्रमणको कारण हालसम्म ४० जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here