हेटौंडा, २३ बैशाख नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनित भएका छन् । तत्कालीन मुख्य सचेतक केशब पाण्डे आन्तरिक मामिला तथा कानुन मन्त्री भएपछि रिक्त रहेको सो पदमा निरौलालाई मनोनयन गरिएको हो ।

दलका नेता एबम बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा (एमाले) को दलको बिधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेका हुन् । निरौलालाई गत १७ गते मुख्य सचेतकमा नियुक्त गरी आज बागमती प्रदेश सभा सचिवाललाई जानकारी समेत गराईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here