हेटौंडा–गुण्डागर्दी शैलीमा बिनाकारण दुई युवालाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा मकवानपुरको हेटौंडा–१८ का ५ जना युवा पक्राउ परेका छन् । मंगलबार राती १० बजेको समयमा हेटौंडा–१८ स्थित रामधुनी चोक नजिकै हेटौंडा–१८ का २४ वर्षीय अजित नगरकोटी र ३१ वर्षीय बिनोद पहेलीमाथि छुरा प्रहार भएको थियो ।

छुरा प्रहार गरी घाइते बनाएको आरोपमा वर्ष १९ को रोमश मोक्तान, बर्ष २१ को बिकेश मोक्तान, बर्ष १८ को रोमन भन्ने रामकुमार मोक्तान, बर्ष २२ को किशन बयलकोटी र बर्ष २६ को रोशन भन्ने खड्क बहादुर मोक्तानलाई पक्राउ गरी ज्यान मार्ने कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए । घाइतेहरुको अवस्था सामान्य रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here