हेटाैंडा- नवसर्जक साहित्य चाैतारी, नेपालकाे आयाेजनामा नव सर्जक केन्द्रित अनलाइन साहित्यिक प्रशिक्षण अभियानकाे पहिलाे वार्षिकोत्सव सम्पन्न भएकाे छ ।

गत वर्ष लकडाउनकाे समयकाे सिर्जनात्मक सदुपयोग गर्ने तथा नवसर्जकहरूलाई विधागत सचेततासहित साहित्य सिर्जना गर्न उत्प्रेरित गर्ने उद्देश्यले साहित्यिक अभियन्ता दीपक गाैतमले सुरु गरेकाे अनलाइन साहित्यिक प्रशिक्षण अभियानकाे सम्झना गर्दै बालबालिकाहरूकाे संस्था नवसर्जक साहित्य चाैतारी, नेपालले दुई दिने वार्षिकोत्सव समाराेहकाे आयाेजना गरेकाे चाैतारीका सचिव समर्पण न्याैपानेले जानकारी दिए ।

दुई दिने कार्यक्रमअन्तर्गत पहिलाे दिन अग्रज साहित्यकार प्रभा भट्टराईकाे प्रमुख आतिथ्यमा नवसर्जकहरूकाे ” साहित्यिक रचना वाचन एवम् विमर्श कार्यक्रम” आयाेजना भएकाे थियाे । कार्यक्रममा करिब दुई दर्जन सर्जकहरूले कविता विधाअन्तर्गतका हाइकु, मुक्तक, गजल, गीत, लाेक छन्द, वार्णिक छन्द, मात्रिक छन्दका कविताका साथै गद्य कविता वाचन गरेका थिए ।

वाचित कविताहरूकाे समीक्षा गर्दै प्रमुख अतिथि प्रभा भट्टराईले नवसर्जक भाइबहिनीहरूमा विधागत सचेततासहित सशक्त साहित्य लेखन कलाकाे विकास भएकाेमा मुक्तकण्ठले प्रशंसा गर्दै साहित्यिक प्रशिक्षण अभियानलाई बधाई ज्ञापन गरिन् । कार्यक्रममा मकवानपुर जिल्लामा क्रियाशील साहित्यिक संस्थाहरूमध्ये भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान, नेपालका अध्यक्ष हयग्रीव आचार्य, सिस्नुपानी नेपाल, मकवानपुरका अध्यक्ष डा. गणेशकुमार पाैडेल, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पाेखरेल, आँचल साहित्य कलापुञ्जकी अध्यक्ष अनिता न्याैपाने, झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष चिरञ्जीवी लामिछाने, साहित्य सङ्गम मकवानपुरका सचिव डिबी बर्ताैला, साहित्यकार रमेशमाेहन अधिकारीले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै, दाेस्राे दिन जेठ १ गते प्रतिनिधि सिर्जना वाचन एवम् विमर्शका रूपमा प्रथम वार्षिकाेत्सवकाे मूल समारोह आयाेजना गरिएकाे थियाे ।

उक्त समाराेहमा अनलाइन साहित्यिक प्रशिक्षणकाे १ वर्षे यात्राकाे क्रममा भएगरेका गतिविधि, प्राप्त उपलब्धि एवम् भावी याेजनासहितकाे वृत्तचित्रसमेत प्रस्तुत गरिएकाे थियाे । चाैतारीका सदस्य प्रतीक कर्णले तयार पारेकाे उक्त वृत्तचित्रले विशेष चर्चा बटुलेकाे उक्त समाराेहमा चाैतारीका सदस्य रहेकी प्रबिना बराल (जापान) ले हाइकु, उपाध्यक्ष विभूति अधिकारी (धनगढी) र अध्यक्ष प्रसन्ना चाैलागाईँ (हेटाैँडा) ले छन्द कविता, उपाध्यक्ष कृतिका लाैडारी (हेटाैँडा) ले गीत, निश्चलराज गाैतम र सचिव समर्पण न्याैपाने (हेटाैँडा) ले गद्य कविता वाचन एवम् गायन गरेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त समाराेहमा प्रतिष्ठानकै प्राज्ञ परिषद सदस्य एवम् विशिष्ट अतिथि डा. देवी नेपालले अनलाइन साहित्यिक प्रशिक्षणकाे एक वर्षे यात्राकाे समीक्षा गर्दै याे अनलाइन साहित्यिक प्रशिक्षण अभियान नेपाली साहित्यकाे उत्थानमा काेसेढुङ्गाे सावित हुने र यस अभियानले एउटा बेग्लै इतिहास रच्नेप्रति आफू विश्वस्त रहेकाे बताए । कार्यक्रममा प्राज्ञ डा. गीता त्रिपाठी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष पदम विश्वकर्मा (अमेरिका), नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे र सर्जक सञ्जाल मकवानपुरका संयाेजक निमेष निखिलले समेत बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । दुवै दिनकाे कार्यक्रम चाैतारीकी अध्यक्ष प्रसन्ना चाैलागाईँकाे अध्यक्षता एवम् सचिव समर्पण न्याैपानेकाे सहजीकरणमा भएकाे थियाे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here