हेटौंडा- हेटौंडा-६ मा गठन भएको सामुदायिक कोभिड रेस्पोन्स टिम संक्रमितको घरघरमै पुगेको छ । कोरोना संक्रमितको स्वास्थ अनुगमन, परामर्श, स्वास्थ्य एवं पोषण सामग्री उपलब्ध गराउन टोली संक्रमितको घरघरमै पुगेको हो ।
टोलीले सोमबार चुच्चेखाेला, शान्तिटाेल, चाैघडा र कालीपाेखरी र मंगलबार पुतलीबजार, भुलभुले, हात्तिलेट, रामनगर, गौरीटार, रंगशाला क्षेत्रका संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिई आवश्यकताका आधारमा सामग्री सहयोग गरेको छ ।
टोलीमा सामुदायिक कोभिड रेस्पोन्स टिमका संयोजक हेटौंडा-६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, सहसंयोजक भरत सापकोटा, उपसमिति प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अनुगमनका क्रममा सबै संक्रमितको स्वास्थ अवस्था सामान्य रहेको पाइएको छ ।
टोलीले बाँकी क्षेत्रका संक्रमितको घरमै पुगेर अनुगमन गर्ने जनाएको छ । सामुदायिक कोभिड रेस्पोन्स टिमले हेटौंडा-६ र आसपासको क्षेत्रमा कोरोनाविरूद्धको अभियान अन्तरगत नियन्त्रण, परामर्श, उपचार, राहत तथा उद्धारको काम गर्ने सहसंयोजक सापकोटाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here