हेटाैंडा- हेटौंडा-२ मा रहेकाे सिद्धार्थ माध्यमिक विद्यालयकाे व्यवस्थापन समिति विवादित बनेकाे छ । पुरानै व्यवस्थापन समितिलाई निरन्तरता दिइएपछि नयाँ समितिमा इच्छुक उम्मेदवारहरुले त्यसकाे विराेध गरेका हुन् ।

वडा कार्यालयले बैशाख २१ गते पुरानै विद्यालय व्यवस्थापन समितिलाई अस्थायी समितिको रुपमा निरन्तरता दिनु कानुनविपरीत भएकाे उनीहरुकाे ठहर छ ।
आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै नयाँ समितिका लागि उम्मेदवारी दिएका मध्ये १७ जनाले संयुक्तरुपमा वडा कार्यालयको निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै तत्काल सच्याउन समेत माग गरेका छन् ।

शिक्षा प्रदान गर्ने पवित्र संस्थामा निजी स्वार्थ एवम् नितान्त गुटको राजनीति गर्ने आशयले उक्त निर्णय गरिएकोले यस्ता अप्राकृतिक निर्णयले अन्ततः विद्यालय एवम् विद्यार्थीहरूको भविष्यमा गम्भीर असर गर्ने भन्दै सम्बन्धित निकायलाई ध्यान दिन विज्ञप्तिमा आग्रह गरिएको छ ।
विज्ञप्तिमा व्यवस्थापन समिति चयनको लागी प्रकृया पु¥याएर २६ जना आकांक्षी अभिभाकहरुले विधिवत रुपमा उम्मेदवारी दर्ता समेत गराई सकेको अवस्थामा वडा कार्यलय र विद्यालय प्रशासनले पूर्व अध्यक्षलाई नै निरन्तरता दिने उद्देश्य राखी यस किसिमको निर्णय गरिएको उल्लेख गरिएको छ ।

नयाँ समितिका लागि उम्मेदवारी दिएका व्यक्तिहरुबाटै सहमति जुट्ने अवस्था हुँदाहुँदै छलफल नै नगरी एकलौटि ढंगबाट निर्णय गरिएकोमा आकांक्षी उम्मेदवाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्ति मार्फत आकांक्षीहरुले व्यवस्थापन समिति चयनको निमित्त प्रचलित शिक्षा ऐन, नियममा ब्यवस्था भएका कुराहरु पटक पटक उठाउदा उल्टै शिक्षा नियमावली २०५९ को नियम २४ र २९ मा व्यवस्था भएको उम्मेदवारको न्युनतम् शैक्षिक योग्यता र अन्य योग्यतासमेत नभएका ब्यक्तीलाई नियम २४ को योग्यता पूरा गर्न, गराउन कृत्रिम अभिभावक बनाई, सो कार्यका लागि विद्यालय प्रधानाध्यापक आफैले विद्यार्थीको किर्ते हाजिरी गर्ने जस्ता गैरकानुनी कार्य गरेकाे आरोप समेत लगाएका छन् ।

उनीहरुले विज्ञप्ति मार्फत वडा नं.२ समितिले बनाएकोे अस्थायी विद्यालय व्यवस्थापन समितिका ३ (तिन) जना सदस्यहरुले गलत कृयाकलापको बिरुद्ध राजिनामा समेत दिईसकेकाले तत्काल विद्यालयका प्रधानाध्यापकको राजिनामा र योग्यता नपुगेका व्यक्तिको अध्यक्षको नियुक्ति बदर गर्दै यथाशिध्र विद्यालय ब्यवस्थापन समिति गठनको लागि माग गरेका छन् । हेर्नुहाेस् विज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here