हेटौंडा– दोस्रो चरणको कोरोना भाईरस (कोभिड १९) को संक्रमणको अवस्थामा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरको पूर्वी क्षेत्रमा स्वास्थ्य सामग्री वितरण गरेकी छन् । जिल्लाको बागमती गाउँपालिका, हेटौंडाको १८ र ७ नम्बर वडासहित विभिन्न स्थानमा मास्क, स्यानिटाइजर, अक्सिमिटरलगायतका सामग्री वितरण गरेकी हुन् ।

गाउँपालिका सभापति, वडा सभापति तथा स्थानीय स्वास्थ्य चौकी र प्रहरी चौकीमा स्वास्थ्य सामग्री वितरण गरिएको हो । कोरोनाको महामारीबाट जोगाउन संस्थागत रुपमा पार्टीको पालिकास्तरमा सहयोग गर्ने क्रममा स्वास्थ्य संस्था र प्रहरी चौकीमा पनि सहयोग गरिएको हो । सहयोग सामग्री हस्तान्तरण गर्दै काङ्ग्रेस केन्द्रीय सदस्य डीनाले जनता कोरोनाको कारण मरिरहँदा सरकार सन्चालन गरिरहेको कम्युनिस्ट पार्टी भने भ्रष्टाचार र सत्ताको चलखेलमा व्यस्त रहेको धारणा राखिन् ।

कम्युनिस्ट सरकारले जनताको हितमा कहिल्यै काम नगरेको र फोस्रा आस्वासन र नारा मात्र बाँड्ने गरेको उनको आरोप थियो । केन्द्रिय सदस्य डीनाले बागमती गाउँपालिका सभापति तथा वडा सभापतिहरुलाई स्वास्थ्य सामग्री वितरण गरेकी हुन् । कार्यक्रममा इकाई सभापति र निर्वाचित जनप्रतिनिधिहरु सहित बागमती १ का सभापति ठगेन्द्र वाइवा, २ का सभापति जगतबहादुर भोम्जन, तमु फार्मेसी हेटौंडाका सन्चालक सुधिर दाहाल, काठमाडौ मकवानपुर सम्पर्क समितिका तेजप्रसाद घिमिरे, यातायात व्यवसायी संघ केन्द्रीय सदस्य अर्जुन गौतम, पूर्व महाधिवेशन प्रतिनिधि होमनाथ गौतम, काङ्ग्रेस पूर्व जिल्ला सदस्य लक्ष्मण सुवेदी, तरुण दल क्षेत्रीय सभापति सन्जय श्रेष्ठ, महिला संघ जिल्ला सभापति लक्ष्मी श्रेष्ठ, काङ्ग्रेस जिल्ला सदस्य अमृता थापा मगर, पूर्व जिल्ला सचिव एवम् महासमिति सदस्य सदस्य दिनेश उपाध्याय लगायतको आतिथ्यता रहेको थियो ।

बागमती गाउँपालिकामा पालिका सभापति भक्तबहादुर राईको अध्यक्षतामा कार्यक्रम भएको हो । आवश्यकता अनुसार अन्य गाउँपालिकामा पनि स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण कार्यक्रमलाई निरंतरता दिदै जाने काङ्ग्रेस केन्द्रीय सदस्य डीनाले प्रतिबद्धता जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here