हेटौंडा–हेटौंडा–४ मा रहेको नवोदय शिशु सदनका विद्यार्थीले विद्यालदयमा तहमा अध्ययन हुने गणित विषयको उपयिोगिताबारे ‘म्याथ क्याम्प फायर’को आयोजना गर्ने भएका छन् । विद्यालयमा गठित नवोदय म्याथ क्लव भर्चुअल माध्यमबाट उक्त कार्यक्रम गर्न लागेको हो ।

आगामी असार १४ गते गर्ने अन्तर्राष्ट्रिय पाई दिवसको दिन हुने उक्त कार्यक्रममा गणितको उपयोगिताबारे भर्चुअल माध्यमबाट छलफल हुनेछ । नवोदय म्याथ क्लवले मंगलबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमबारे जानकारी गराएको हो ।

कार्यक्रममार्फत गणितको उपयोगितासँगै विद्यार्थीहरुको व्यक्तित्व, नेतृत्व तथा प्रस्तुति क्षमता वृद्धि हुँदै जाने विश्वास लिइएको नोदय म्याथ क्लवका अध्यक्ष ईशान शर्माले बताए । कार्यक्रममा कक्षा ४ देखि १० सम्मका जुनसुकै विद्यालयका विद्यार्थीले पनि निशुल्क रुपमा सहभागी हुन पाउने उनले बताए ।

अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको ज्ञान अभिवृद्धिमा नवोदयले विभिन्न सिर्जनात्मक कार्यक्रमहरु गर्दै आएको छ । नवोदयमा गत वर्ष पनि म्याथ क्याम्प फायरको आयोजना भएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here