हेटौंडा– नेपाल जेसीजको अगुवाइमा मकवानपुरको मनहरी गाउँपालिका–७ बोटे बस्तीमा खाद्यान्न सहयोग गरिएको छ । जेसीजका १५ वटा शाखाले संयुक्त रुपमा बोटे बस्तीका ४८ परिवारलाई चामललगायत खाद्यान्न वितरण गरिएको हो ।
कोरोना भाइरसको महामारीका कारण दैनिक रोजीरोटी गुमाएका न्यून बर्गीय परिवारलाई जेसीजले खाद्यान्न सहयोग गरेको हो । मंगलबार जेसीजले बस्तीमा पुगेर प्रति घरधुरी ३० किलो चामल, २ किलो आलु, २ किलो प्याज, १ किलो नुन, १ किलो दाल, १ लिटर तेल र २५० ग्राम सोयाविन उपलब्ध गराएको थियो । नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरूणेश्वर खनाल, नेपाल प्रहरीका पूर्व आईजी सर्वेन्द्र खनाललगायतले मनहरी ७ का वडा अध्यक्ष ठाकुर तितुङ्गलाई खाद्य सामाग्री हस्तान्तरण गरिएका हेटौंडा लेडी जेसीजकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिइन् ।
नारायणगढ जेसीज, भीरकोट जेसीज, गल्यांग जेसीज, वालिङ जेसीज, म्याग्दी जेसीज, शुक्लागण्डकी जेसीज , रत्ननगर जेसीज, ब्यासनगर जेसीज, लमजुङ्ग जेसीज ,गोर्खा जेसीज, बिस हजार जेसीज, सौराह जेसीज, बस्तीपुर जेसीज, हेटौडा जेसीज र रत्ननगर जेसीज गरी १५ वटा शाखाको संयुक्त सहभागितामा खाद्यान्न सहयोग गरिएको हो ।
कार्यक्रममा नेपाल जेसीज वर्ष २०२१ का कार्यकारिणि उपाध्यक्ष अरूणकुमार दाहाल, कानुनी सल्लाहकार गोकुल सापकोटा, नेशनल भिलेज संयोजक रश्मी बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here