Search
Close this search box.

नवसर्जककाे नयाँ वर्ष विशेष शृङ्खला

हेटौँडा- नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिले भर्चुअल माध्यमबाट शनिबार ३३ ओैँ नवसर्जक मासिक शृङ्खला ‘नयाँ वर्ष विशेष रचना वाचन एवम् पुस्तक समीक्षा कार्यक्रम’ काे रूपमा सम्पन्न गरेको छ । चौतारीकी केन्द्रीय अध्यक्ष कृतिका लौडारीको सभाध्यक्षता तथा अग्रज साहित्यकार एवम् चौतारीका सल्लाहकार प्रा.डा. देवी नेपालको प्रमुख आतिथ्य तथा चौतारीका संरक्षक/परिकल्पनाकार दीपक गौतमको विशिष्ट आतिथ्य एवम् सल्लाहकार डिबी बर्ताैलाकाे आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा प्रमुख अतिथि नेपालले वाचित रचनकाे समीक्षाका साथ नवगठित केन्द्रीय समितिलाई कार्यकाल सफलताको शुभकामना दिँदै आवश्यक परेको खण्डमा जुनसुकै समयमा पनि सहयोग गर्ने तथा उपस्थिति रहने बताउँदै आफ्नो बालकविता वाचन गरेका थिए । कार्यक्रममा नवसर्जकहरू रचना भण्डारी (मकवानपुर), रौनक शाह (मकवानपुर), रोशन गड्तौला (तेह्रथुम), प्रतिमा पौडेल (महोत्तरी), अनसूया खनाल (मकवानपुर), विनोद अधिकारी (कालिकोट), कोपिल पौडेल (रुपन्देही), उमेश कार्की (तेह्रथुम), रोज कार्की (मकवानपुर ) मन्जु गैरे (मकवानपुर ), जोशिका कँडेल ‘निशा’ (कपिलवस्तु), लक्ष्मण आचार्य (कास्की), स्वस्तिका दाहाल (मकवानपुर) र कृतिका लौडारी (मकवानपुर) ले रचना वाचन गरेका थिए । कार्यक्रममा नवसर्जक सर्जु भण्डारीले रोशन पोख्रेलको ‘नूर’ कथा सङ्ग्रहकाे समीक्षा गरेकी थिइन् ।

चौतारीकी महासचिव स्वस्तिका दाहालको सहजीकरण तथा उपमहासचिव रचना भण्डारीको स्वागत मन्तव्यका साथ सञ्चालित कार्यक्रममा संस्थाका परिकल्पनाकार तथा संरक्षक दीपक गौतमले नवगठित केन्द्रीय समिति तथा प्रदेश समितिकाे जिम्मेवारीबारे स्पष्ट पार्दै उक्त जिम्मेवारी पूरा गर्ने काममा केन्द्र तथा प्रदेश समितिहरूलाई सफलता मिलाेस् भन्दै शुभकामनाका साथ आफूले सकेको सहयोग गर्ने प्रतिबद्धताका साथ गजलसमेत वाचन गरे । चौतारीले हरेक महिनाको चौथो शनिबार नियमित मासिक शृङ्खला गर्दै आएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan