Search
Close this search box.

कवि आचार्यलाई राधेश्याम स्मृति साहित्य सम्मान

हेटौंडा– मकवानपुरका छन्द कवि एवम् गजलकार पुरुषोत्तम आचार्यलाई राधेश्याम स्मृति साहित्य सम्मान प्रदान गरिएको छ । राधेश्याम विजया फाउण्डेशन मकवानपुरले सोमबार मकवानपुरको हर्नामाडीस्थित गुम्बाडाँडामा एक कार्यक्रमकाबीच आचार्यलाई नगद ११ हजार एक सय ११ रुपैयाँ राशीको साहित्य सम्मान प्रदान गरेको हो ।

लामो समयदेखि मकवानपुरे साहित्यमा क्रियाशील हर्नामाडी स्थायी निवासी आचार्यलाई साहित्यमार्फत समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै नगदसहित सम्मान गरिएको हो । यसैगरी नगद १० हजार ५ रुपैयाँसहित विजयादेवी शैक्षिक पुरस्कार पवित्रा तिमल्सेनालाई प्रदान गरिएको छ । तिमल्सेनाले २०७९ सालको एसईई परीक्षामा ज्योति मावि हर्नामाडीबाट ३.६५ जिपिए ल्याएर उत्कृष्ट भएकी थिइन् ।
वामपन्थी नेता स्वर्गीय राधेश्याम खतिवडा र उनकी ८६ वर्षीया पत्नी विजयादेवी खतिवडाकोे नाममा २०७६ सालमा उनीहरुका छोराहरु अरुण र बरुण खतिवडाले दश लाख रुपैयाँको अक्षय कोष खडा गरी फाउण्डेशन स्थापना गरेका थिए । सोही अक्षयकोषबाट प्राप्त ब्याजबाट साहित्यकार र उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान र पुरस्कार प्रदा गरिएको हो ।

राधेश्याम विजया फाउण्डेशन मकवानपुरका अध्यक्ष एवं अधिवक्ता अरुण कुमार खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा लेखक एवम् अग्रज पत्रकार नवराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले सम्मानित साहित्यकार आचार्यको कृतित्व र व्यक्तित्वको बारेमा उजागर गरेका थिए । कार्यक्रममा श्याम प्रसाद शर्मा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष इन्द्र नेपाल, बुढ्यौली साहित्य समाजका अध्यक्ष आरसी रिजाल, ज्योति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल लगायतको आतिथ्यता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan