Search
Close this search box.

हेटौंडा अस्पताललाई रोटरी क्लवले गर्यो इसिजी मेसिन सहयोग


हेटौंडा – मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठाद्वारा संचालित हेटौंडा अस्पताललाई दुइवटा इसिजी मेसिन हस्तान्तरण गरेको छ। रोटरी क्लब अफ मकवानपुरले सोमबार ७ लाख बराबरको इसिजी मेसिन सहयोगस्वरुप हस्तान्तरण गरिएको हो।

रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अन्जनी पराजुलीले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीधर अर्याललाई मेसिन हस्तान्तरण गरेका हुन ।

मेसिनरी सामान हस्तान्तरण गर्दै अध्यक्ष पराजुलीले रोटरीले दिएका मेसिन प्रयोगमा आए मकवानपुर वासी नै अस्पताल प्रती कृतज्ञ हुने बताउदै मेसिनहरु छिट्टै प्रयोगमा ल्याउन अनुरोध गरे। नौ महिना अगाडी दिएको मेसिन अझै प्रयोगमा नआएको बताउदै त्यसलाई पनि प्रयोगमा ल्याउन अध्यक्ष पराजुलीले आग्रह गरे।

हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीधर अर्यालले अस्पताललाई आवश्यक रहेको मेसिननै सहयोग भएकोमा खुसी व्यक्त गर्दै तत्काल प्रयोगमा ल्याउने विश्वास समेत दिलाए। पहिला सहयोग भएका मेसिन अझै प्रयोगमा नआएकोमा दुख व्यक्त गर्दै आफुले सकेको पहल गरि छिट्टै प्रयोगमा ल्याउने समेत प्रतिबद्धता जनाए। मुटु रोग सम्बन्धि चिकित्सक नभएको कारण मेसिनरी सामाग्री प्रयोगमा नआएको बताउदै चिकित्सक ल्याउनमा सबैले पहल गर्न समेत अनुरोध गरे।

मेसिन हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्ण बहादुर कार्की,संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति,निर्वाचित अध्यक्ष अनिल अग्रवाल , प्रगति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप पराजुली,रोटरी क्लब अफ मकवानपुरका पुर्व अध्यक्षहरु , मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्ट लगायतको उपस्थिति रहेको थियो।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan