Search
Close this search box.

भीम विराग कला प्रतिष्ठानबाट ९ जना सम्मानित


हेटौंडा – भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले विविध विधामा ९ जनालाई सम्मान गरेको छ । शनिबार हेटौंडामा प्रतिष्ठानले कार्यक्रमको आयोजनागरी ९ जनालाई  सम्मान गरेको हो ।

भीम विराग राष्ट्रिय साहित्य पुरस्कार २०८० बाट सुनसरीका साहित्यकार कुन्ता शर्मालाई, भीम विराग राष्ट्रिय कला पुरस्कार २०८० मकवानपुरका कलाकार बिएस रानालाई, भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार २०८० मकवानपुरकै सङ्गीतकार लाल श्रेष्ठलाई प्रदान गरिएको छ ।

हेटौँडा उपमहानगरपालिकाको सहयोगमा कला साधन भीम विरागको नाममा पहिलो पटक प्रदान गरिएको चार वटै राष्ट्रिय पुरस्कारको राशि २५ हजार रुपियाँ र प्रमाणपत्र रहेको छ । यसैगरी, २० हजार रुपियाँ राशिको रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार २०८० लोक गायिका पम्फा थापा मगरलाई र  भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट मधुपर्कका पूर्वसम्पादक जयदेव भट्टराईलाई  प्रदान गरिएको थियो ।

शिला नारी पुरस्कार २०८० खेलाडी निरु मगरलाई, तुलसीमाया– शिवकुमारी सिर्जनशील नारी पुरस्कार २०८० गीतकार मञ्जु खराललाई, मङ्गलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार २०८० स्वास्थ्यकर्मी सीमा मिश्रलाई र अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार २०८० दृष्टिविहीन शिक्षिका अञ्जु धिताललाई प्रदान गरिएको थियो ।

अन्य दुई पुरस्कारहरु भीम–मथुरा बाल प्रतिभा पुरस्कार २०८० र चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, २०८० भने प्राविधिक कारणबस प्रदान हुन नसकेको प्रतिष्ठान अध्यक्ष केशवलाल श्रेष्ठले बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan