अहिलेको राजनैतिक मुद्दा माओबादीको एजेण्डा हो : पाख्रीन

हेटौंडा – नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरका संयोजक भीम पाख्रीनले मुलुकमा भएका परिवर्तन र अहिलेको राजनैतिक मुद्दा नेकपा माओबादी केन्द्रको एजेण्डा भएको बताएका छन् ।

पाख्रीनले हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ को वडा सम्मेलनलाई सम्बोधन गर्दै समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षता सहितको गणतान्त्रिक संविधान निर्माण नेकपा माओबादीकै कारण सम्भब भएको बताए ।

युवापुस्ताहरुले निरंकुश राजतन्त्रको अन्त्यका लागि माओबादी अन्दोलनको भूमिका अध्ययन गर्नुपर्ने बताए । उनले गणतन्त्र स्थापनापछि मुलुकमा निकै सकारात्मक परिवर्तन भएको पनि बताए ।

सोमबार सम्पन्न सम्मेलनले ठाकुर दत्त खतिवडाको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा गोपाल घिमिरे, सचिबमा राजनप्रसाद दाहाल, कोषाध्यक्षमा सबिता हुमागाई, सहसचिबमा बिजय ढकाल चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा दिपा पाख्रीन, शन्तबहादुर राई, रामलाल थिङ, चन्द्रबहादुर गोलेलगायत चयन भएका छन् । सम्मेलनले टेकमान थिङ, गुणबहादुर कार्की, श्रीकृष्ण आचार्य, डिलबहादुर गोले, चन्द्रबहादुर खड्कालाई वडा कमिटीको सल्लाहकारमा चयन गरेको छ ।

सम्मेलनमा नेकपा माओबादी केन्द्र हेटौंडा उपमहानगर कमिटी अध्यक्ष तिर्थबहादुर थापा मगर, नेकपा माओबादी केन्द्र मकवानपुर सल्लाहकार राधेश्याम गजुरेल, १७ नम्बर वडा कमिटी अध्यक्ष रङनाथ अधिकारी, प्रेस सेन्टर नेपाल केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज ध्रुबराज ढकाल, अखिल क्रान्तिकारी मकवानपुर कोषाध्यक्ष बुद्धराज अर्याल लगायतको आतिथ्यता रहेको थियो ।

वडा कमिटी अध्यक्ष टेकमान थिङको अध्यक्षतामा भएको सम्मेलनको संचालन वडा कमिटी इन्चार्ज राजन दाहालले गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

कुपोषण निराकरणमा कैलाश गाउँपालिकाको सक्रियता, एक वर्षमा भेटिए ८२ जना कुपोषित

कुपोषण निराकरणमा कैलाश गाउँपालिकाको सक्रियता, एक वर्षमा भेटिए ८२ जना कुपोषित

हेटौंडा–गरिबी र अशिक्षाका कारण प्रयाप्त सन्तुलित आहार नपाउँदा मुलुकका अधिकांशन विकट गाउँका बालबालिका र गर्भवती तथा सुत्केरी महिला कुपोषणको सिकार बनिरहेका छन् । मकवानपुरको विकट कैलाश गाउँपालिकामा पनि ...