यस सृष्टिबारे र मानवले आफ्नो जीवनका भोगाइहरुको अध्ययन गरी जीवन र जगत् बारे धारणा बनाउन सक्छ । प्रत्येक मानवको जीवनका भोगाइहरु फरक हुन्छन् । साना बच्चाहरुबाट बढेर, किशोर अवस्था पार गर्दै प्रौढ अवस्थामा पुग्छ । सोच्छौं, कल्पना गर्छौ ।
हामी को हौं ? कहा“बाट आयौं ? जीवनको उद्धेश्य के हो ? यो सृष्टि कसरी उत्पत्ति भयो ? यस जगत्मा प्राणीको उत्पत्ति कसरी भयो ? जिन्दगीबारे धेरै सोच्छौं । मनुष्यको यो चोला लियौं, किन ?
अनेक प्रकारका सुखदुःख र मानवजीवनका भोगाइहरुले जीवन र जगत्का रहस्यमय कुराहरु खोज्छ । आफैंभित्र अनेक आकांक्षाले जीवन र जगत्का रहस्यमय कुरा खोज्छ । आफैंभित्र अनेक कल्पना गर्न थाल्छौं । अनेक किसिमले जीवन र जगत्बारे खोज/अनुसन्धान गरेर यस जगत्को विषयमा सम्पूर्ण खोज/अनुसन्धान गरी मानव हामीले विभिन्न किसिमका सोचहरु बनाउछौ ।
जगत्मा प्राणीको विकास कसरी भएको होला ? जगत्मा हाम्रो भूमिका के छ ? हामीले यस सम्बन्धमा बुझ्नु आवश्यक छ । कसैले सोध्छ जीवन के हो ? अतिउत्तम उत्तर–जब जन्म लिन्छ, ऊ संग सास हुन्छ तर नाम हुँदैन । र, जब मान्छेको मृत्यु हुन्छ, तब ऊस“ग सास हु“दैन, नाम हुन्छ । यही सास र नामबीचको यात्रालाई जीवन भनिन्छ ।
मानवजीवन अमूल्य छ । यो अमूल्य जीवनको यात्रालाई सहज तरिकाबाट जिउनुपर्छ । यो जिन्दगी कसरी बिताउने भन्ने हामीमा निर्भर गर्ने कुरा हो । वास्तवमा भन्नुपर्दा जीवन एक सुन्दर फूल हो । यो फूललाई कसरी हुर्काउने, सजाउने अनि बढाउने आफैंमा भरपर्छ । तर, सोचेजस्तो र कल्पना गरेजस्तो सजिलो कहाँ छ ? तापनि, हामीले आफ्नो प्रयासमा निरन्तर लागिरहनुपर्छ । हामीले सकारात्मक सोच र सही दृष्टिकोण हुनुपर्दछ । हामीले सत्यलाई साथ दिनुपर्ने र सही बाटोमा हिड्नुपर्छ । आफ्नो कारण कसैलाई दुःख नहोस् भन्ने सोच्नुपर्छ । हामीले सही बाटो हि“ड्ने र समाजलाई पनि सही मार्ग दिने कार्य गर्नुपर्छ । जगत् कल्याण तथा मानवसेवामा लागेर मानवजीवनको उद्धश्य पूरा गर्नुपर्छ । मनुष्यजीवन वास्तवमै एक सुन्दर चोला हो । अमूल्य जीवनलाई हामीले खेर फाल्नुहुदैन । बाचुञ्जेल हामी राम्रो कार्य गरौं । सत्कार्य गरौं । जसले हामीलाई यस जगत्ले चिन्छ र चिनाउछ ।
हामीले गरेका कार्यहरुले हामीलाई यस जगत्ले चिन्छ । यस धर्तीमा जन्मन्छौं । हाम्रो अधिकार जन्मजात हुँदैन, दीगो हुँदैन, एकछिन पाउछौ अनि हराएर जान्छ । यस जगत्मा हामीले जन्म लिएपछि अनेक अधिकारका लागि संघर्ष गर्छौं । बाच्नका लागि अनेक संघर्ष गर्नुपर्छ । आफैं जन्मिएको वा जन्माएको ‘शक्ति र सामथ्र्य’ यस्तो चिज हो, जसमा कस्ताकस्ता मै हु“ भन्ने मानिस पनि पछि पर्न सक्छन् । यो मानवीय गुण हो । घर नभएका मानिसलाई घर मिल्न सक्छ, आजको भिखारी भोलिको मन्त्री बन्न सक्छ । त्यही पनि उसले आफ्नो जीवनलाई आनन्द ठान्दैन । अझै जिन्दगिलाई परिश्रम गरी अझै सुखी र खुसी बनाउन खोजेको हुन्छ । र, जीवनलाई नया“रुपले पारिभाषित गर्न धेरै कोशिस गरेको हुन्छ । तर, पनि आफूलाई खुसी राख्न सकेको हुँदैन । जीवन र जगत्बारे निरन्तर खोज÷अनुसन्धान गरी यस जगत्लाई नयाँ शिक्षा दिन खोजिरहेका हुन्छन् ।
जीवनमा आनन्द र सुखको खोजीमा लागिरहन्छ । जीवनमा आनन्द र सुखको खोजीमा निरन्तर संघर्ष गरी उपलब्धि हासिल गर्न कठिन कार्य हो । मानव एक कल्पनाशील र विवेकशील प्राणी हो ।
त्यसैले यस जगत् र मानवकल्याण र हितबारे सोचेर आफ्नो मनलाई विभिन्न प्रश्नहरु गर्छ । साच्चै भन्ने हो भने जीवन के हो ? जीवनमा के छ ? जीवन केका लागि ? आदि प्रश्नहरु आउन सक्छन् । मानवजीवनका भोगाइहरुका आधारमा विभिन्न विद्धानहरुले विभिन्न किसिमले ब्याख्या गरी जीवन र जगत्लाई विभिन्न किसिमले ब्याख्या गर्न सक्छन् । यस जगत् र जीवनको के सम्बन्ध छ ? जगत्को उत्पत्ति किन र कसका लागि भयो ? जगत्को उत्पत्तिका कारण केके हुन सक्छन् ? कसले जगत्को उत्पत्ति गरे ? केका लागि जगत्को उत्पत्ति भयो ? र, जगत्को विकासक्रम कसरी भयो ?
सनातन धर्मग्रन्थहरुमा यसको ब्याख्या विश्लेषण गरिएको छ ।
जन्मनुपहिला यस जगत्मा हाम्रो केही थिएन । जन्मियौं, सबै कुरा जान्नेबुझ्ने भयौं । विभिन्न किसिमका सोच तथा धारणाहरु बनायौं । मृत्युपछि संसारमा हाम्रो अस्तित्व रहदैन । जन्मेपछि मर्नु ध्रुवसत्य कुरा हो । यसलाई कसैले नकार्न सक्दैन त्यसैले बाचुञ्जेल गरेका राम्रा कार्यहरु यस जगत्मा रहिरहन्छन् । यस जगत् र प्राणीका लागि गरेका योगदान तथा जगत् कल्याणका लागि गरेका कार्यहरु जगत्मा रहिरहन्छन् । राम्रो कार्यको पछिसम्म जगत्ले शिक्षाका रुपमा ग्रहण गर्ने भएकाले जगत्कल्याणका लागि राम्रो कार्य गर्नुपर्छ । अध्यात्मले जीवनप्राप्ति, गति र बुद्धिहरुलाई स“स्कार र कर्मथलका रुपमा रहेको बताउ“छ । हामीले देखेको जगत् पनि रहदैन । हास्दै खेलेको मान्छे छिनमै दुःखी हुनसक्छ । हाल भेटेको मानिस एकैछिनमा जगत्बाट बिदा लिइसकेको हुनसक्छ । सम्पत्ति, मानमर्यादा भएर पनि मानिस दुःखी हुनसक्छ । राजा भएको मान्छे राजकाजमा मन नलागेर जोगी हुनसक्छ । जीव, जगत् , माया, बन्धन, मोक्ष र व्रह्म आदिको सम्बन्धका बेदान्त दर्शनका अनुसन्धनात्मक कुराहरु खोज्नु आवश्यक छ । अज्ञानी मानिसले शरीरलाई आत्मा ठानेको हुन्छ । सनातनधर्मको अर्थ ज्ञान शिक्षा दिनु हो । यही ज्ञान र शिक्षाले मानवलाई मोक्षको मार्ग देखाउछ। विभिन्न युगमा जगत् र प्राणीहरुको कल्याण र धर्मको रक्षाका निमित भगवान्ले विभिन्न अवतार लिएका छन् । त्रेता युगमा राम, द्वापर युगमा श्रीकृष्ण, कलीयुगमा कल्की अवतार हुने कुरालाई हेर्दा भगवान् जन्मन्छन् भन्ने कुरा बुझिन्छ र भगवान् शिवको जन्मले भगवान् वा शक्तिसमेत जन्मने कुरा बुझिन्छ ।
संसारमा सन्तुष्टिका अनेक कुराहरु सोच्ने, विचार गर्ने र आफूले भ्याएसम्म अरुलाई शिक्षा दिन खोजिरहेको हुन्छ । मनुष्यले आफूले गरेका कामबाट सिकेका अनुभव, बिताएको समय, उमेर र देखेभोगेका कुराहरुबाट अनुभव गरी त्यही अनुभवका कुराहरु अरुलाई सुनाउने, बताउने गरिन्छ । सकरात्मक बन्नका लागि सत्य र सही संगत र असल शिक्षा , आध्यात्मिक चिन्तन, ध्यान, योग, खानपानले पनि असर पार्छ । हाम्रो हरेक व्यवहार सकारात्मकमात्र नभइ गुणगान गाउन लायक तथा सबैबाट प्रशंसनीय हुनुपर्छ । सबैको उन्नति, प्रगति र मानवीय धर्म निभाउन हातमा हात मिलाइ, काधमा काध मिलाइ अगाडि बढ्नुपर्छ । जगत्को कल्याण महत्वपूर्ण विषय हो । यसमा सबैले ध्यान दिनुपर्छ । इमान्दारिता र कर्तव्यनिष्ठ भएर सबैको मन जित्नुपर्छ । मानिसको मनमा अनेक सोचहरु आउन सक्छन् । मानवीय सोच नै हरेक कुरामा चासो दिने र त्यसबारे खोज÷अनुसन्धान गर्ने हो । सोचका कारण विज्ञानको जन्म भयो । यसले अझै जगत् र मानवजीवनका लागि प्रमाणसहित खोज/अनुसन्धानतर्फ लागेका छन् । जीवन र जगत्लाई नयाढंगले पारिभाषित गर्न खोजिरहेका छन् । यस कार्य निरन्तर चलिरहन्छ । जगत् र जीवनका धेरै कुराहरु रहस्यमय छन् । जसबारे सोच्न र खोजी गर्नु आवश्यक पनि छ ।
मानवजीवन एक दुर्लभ चोला मानिन्छ । किनकि, चेतना पाउनका लागि शिक्षा लिन गुरु खोज्नु छ । जब चेतना पाउछ, जसले आफ्नो घरलाई मन्दिर मान्दछ । उसको मन पनि शान्त बन्दछ । जसमा सधैं सकारात्मक सोच रहनुका साथै यस जगत्लाई प्रष्ट र चेतनामूलक विचारहरु बा“ड्छ । आफूलाई राम्ररी बुझेर आफ्नो मन शान्त गर्नतिर लाग्छ । मनमा अनेक कुराहरु खेलाउ“छ । मनमा चिन्ता हुँदा चित्त दुखाउछ । मनको पछि दौडेर हामी कहाँ पुग्छौं ? हामीले मनैमन कल्पना गर्छौं । हामीले कर्म गर्न नपरोस् । कर्म नगरेर हामीलाई सुखैसुख होस् । यस्ता कल्पनाहरु धेरै दिन टेक्दैनन् । यो हाम्रो जीवन नासवान छ । सृष्टिका सबै सिर्जना, रचना र उत्पत्ति नासवान् छ । जीवनलाई ज्ञानले सही मार्गमा डोर्याउछ । भोक, तिर्खा आदि इच्छा पूरा गर्न मानिस विभिन्न सोच उत्पन्न गर्न खोजिरहेको हुन्छ । यसबाट विज्ञानका आविष्कार पनि हुन सक्छन् । समकालीन जीवनमा मानवजीवनको मूल्य बढ्दै गए पनि यसको परिपालन सामाजिक अपेक्षाअनुरुप भएको छैन ।
मानिस जहिले पनि दुःखी हुन्छ । जीवन/जगत्सम्बन्धि अध्ययन गर्नु पर्दा हामीले सनातन धर्म, ईश्वरीय अस्तित्व र धार्मिकग्रन्थले सिकाएका बाटोलाई स्वीकार गर्नैपर्छ । बेदान्त दर्शन एउटा शाखा हो, जसले मनुष्यलाई ज्ञानप्राप्तिको दिशामा उत्प्रेरित गर्दछ । यसको स्रोत उपनिषद् हो । जुन बेदग्रन्थ र अरण्यक ग्रन्थको सार मानिन्छ । उपनिषद् वैदिक साहित्यको अन्तिम भाग हो । बेदान्तदर्शन ज्ञान योगको शाखा हो । जसले व्यक्तिलाई ज्ञानप्राप्तिको दिशामा उत्प्रेरित गर्छ । मनुष्यलाई जीवनको रहस्य र जगत्को रहस्यमय कुराहरु ज्ञान गराउछ । यसले आध्यात्मिक चिन्तन ल्याउनुका साथै मनुष्यलाई जगत्को सत्यतालाई स्वीकार गर्छ । सनातन धर्म जसको न आदि हुन्छ न अन्त्य । देवीदेवताहरुको मूर्ति, शिव, पशुपतिपूजन र अन्य देवीदेवता पूजन सनातन धर्मअन्तर्गत् पर्दछन् । सनातन धर्मको सत्यलाई ऋषिमुनिहरुले ध्यान र मोक्षको गहिराइसम्म अध्ययन गरेर व्राह्मण्ड र आत्माको रहस्यको स्पष्ट जानकारी जगत्लाई दिए । बेदको रहस्यबारे जगत्लाई जानकारी दिए । बेदको रहस्यलाई जगत्भर फैलाए । जगत्लाई मोक्षको मार्ग दिए ।
सनातन धर्ममा दार्शनिक चिन्तन निकै पुरानो छ । मानवजीवन र जगत्को खोजी गर्ने प्रकृति मानव र समाजको चिन्तन गर्ने प्रक्रिया तथा नियमहरुको संगालो बेद हो । हामीलाई अनुशासनको बाटो देखाउने शास्त्र बेद हो । यो चेतना र मोक्षप्राप्तिको स्रोत हो । जुन सत्यता छ, त्यो ईश्वरीय सत्यता हो । कुनै दिन सत्यको ज्ञान हुन्छ । आँखा खुल्छ, त्यो व्रह्म सत्य हो । यस संसारमा रहेका प्राणीहरुलाई हामी ईश्वरका अंश मान्छौं । सहाराको आवश्यकता छ भने कसैलाई पुकार्छौं । फरक यति छ कि मानवमा दोष छ, ईश्वरमा दोष छैन । मानव, सत्यको बाटोमा हिडन संसारमा सत्य, नैतिकता र सदाचारमा राख्न ईश्वरीय शक्तिको पूजा, आराधना र भक्ति अनिवार्य छ । शरीर जन्मन्छ, आत्मा अमर रहन्छ । हामीले देखेको जगत् र भोगेको जगत् सत्य हो । बेदान्त दर्शनको खोजी भनेको आनन्दको खोजी हो । जीवले जन्म लिने, हुर्कने र कर्म गर्ने स्थललाई जगत् भनिन्छ । जब मानवमा तत्वज्ञान प्राप्त हुन्छ, तब विचारमा आउँछ जीवनकर्ता, कर्म र फलको आश्रयस्थल । व्रह्मज्ञान सत्य ज्ञान हो । जीवन र जगत्लाई हेर्ने र बुझ्ने, सोहीअनुसार धारणा र जीवनव्यवहार निर्माण गर्दछौं ।
मानिसले जीवनयापनको क्रममा प्रकृतिसंग संघर्ष गर्छ । जीवनमा दुःखका अनेक कारण छन् । दुःख जीवनमा देखे समाधान खोज्नुपर्छ । विभिन्न किसिमका धारणा बनाउछ । संसारका प्रत्येक मानव दुःखी छन् । दुःखको कुनै सीमा हुँदैन । दुःखले मानिसलाई निडर स्वावलम्बी, बलियो र आत्मनिर्भर बनाउ“छ । आफ्नो ज्ञान, अनुभवको सहारा लिइ जीवनका समस्या समाधान गर्न जीवनको वास्तविकता स्वीकार गर्नुपर्छ । जीवन सहाराबिना अगाडि बढ्न सक्दैन । यो जगत् भएन भने मानिसको अस्तित्व छैन । हामीले सम्पूर्ण मानव समाजलाई आफ्नो परिवार सम्झेर आत्मीयता बढाउनुपर्छ । यसले प्रेम र सहयोगी भावना बढाउछ । प्रेम, जीवनको भावनात्मक सम्बन्ध हो । जगत्मा रमाउदा रमाउदै प्रकृतिले मानिसको मन खिच्न सक्छ । प्रकृतिको अनुपम रहस्यलाई खोज र अनुसन्धानबाट प्रष्ट पार्न निरन्तररुपमा लागिरहन्छौ । जो मनभित्रबाट खुसी छ, ऊ बाहिरी संसारमा पनि खुशी र आनन्दित हुन्छ । मानिसले प्रेम, शान्ति र आत्मीयतासहित मनोविज्ञान सिकाउनुपर्छ । मानिसको प्रकृतिको सुन्दर अभिव्यक्ति प्रेम हो ।
वैदिक पुराण मानवजीवनका लागि अति महत्वपूर्ण छ । मानवजीवनको सार्थकता, जीवनको रहस्य, स्वरुपलगायत सम्पूर्ण सृष्टि र जगत्बारे रहस्योद्घाटन गरेको छ । पुराणको अध्ययन र स्रवण मोक्षप्राप्तिको आधार हो । पुराण नै सम्पूर्ण जगत्को भलाइ गर्ने ग्रन्थ हो । वैदिक पुराणहरुमा भाषाका सम्बन्धमा कुरा गर्दा अभिव्यक्ति तथा बुझाइको माध्यम हो । भाषाको वास्तविक परिभाषा जीवन, जाति, समुदाय, धर्म र संस्कृति अनि समाजससंग जोडिएको हुन्छ ।
हामी यस धर्तीमा जन्मिएपछि हाम्रो जीवनयात्रा सुरु हुन्छ । दुःख गरेर छोराछोरीको पालनपोषण तथा हुर्काउने काम गर्छौं । कसैलाई विहानबेलुका छाक टार्न गाह्रो हुन्छ । कतिले लगाउन, खान र सुत्नसम्म पाएका छैनन् । त्यो उनीहरुको जीवन हो । त्यसैले यस जगत्मा हामीले जसरी बिताइराखेका छौं, त्यो सबै जीवन हो । आमा शब्द ममताले भरिएको शब्द हो । बालकले पहिलो पटक चिन्ने संसारको मानव आमा हुन् । पवित्र आत्मा र जीवनको सम्बन्ध गहिरो छ । जिन्दगीमा राम्रो कर्म गरेर अगाडि बढ्नुपर्छ ।
सोच विचार गरेर जन्माएका दृष्टिकोणहरु कहिले मर्दैनन् । गौतम बुद्ध मरेर गए पनि उनको विचार र दृष्टिकोण जीवित छ भन्ने प्रमाणित भएको छ । हामीले सकारात्मक सोचविचारसाथ जीवन बिताउ“ । जिन्दगीलाई नैतिकवान् बनाउ । जीवन र जगतलाई बुझ्न सर्वप्रथम मानिसले यस जगत्का सबै प्राणीमाथि न्याय गर्नुपर्छ । प्राणी र प्रकृतिबीच शोषण अन्त्य गर्नुपर्छ । जीवनजगत्बारे सोच र चिन्तन गर्नुपर्छ । हाम्रा विचार, भावना, सोचाइ, रहनसहन र चालचलन जीवनका पक्षहरु हुन् । जीवन बा“च्ने कला हो । मानवजीवन र जगत्को अध्ययन गरी समाजमा विद्यमान कुस“स्कार र कुरीति उन्मूलन गरेर सभ्य समाज निर्माण गर्न सकिन्छ ।
मानिसले प्रकृति र समाजबारे सत्य ज्ञान हासिल गर्नुपर्छ । मानिसले आफ्ना लागि नभएर अरुको भलाइबारे सोच्नुपर्छ । संसारको शान्ति र मानवकल्याणका लागि कार्य गर्नुपर्छ । जीवनको लक्ष्य चिनेर कार्य गर्नुपर्छ । ऋषिमुनिहरुले जीवन र अस्तित्वरक्षाका लागि तपस्या गरेर व्राह्मण्डका जीवहरुको स्वरुप प्राप्त भएको हो । बेदको ज्ञानले जन्म र मृत्युको सार्थकता स्थापित गर्न मद्धत पुर्याउछ ।
लेखक ; पण्डित मनिषशरण खनाल