Search
Close this search box.

सुख्खा पहिरोका कारण कान्तिलोकपथ सडक पूर्णरूपमा अवरुद्ध

मकवानपुर । आज बिहान अन्दाजी ११:३० बजे तिर मकवानपुर जिल्लाको बकैया गाउँपालिका–११ घट्टेपाखा स्थित कान्तिलोकपथ सडक खण्डमा सुख्खा पहिरो खसेको कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक अवरुद्ध भएसँगै इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी टोली खटिइ पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने कार्यका लागि प्रयास जारी रहेको जानकारी प्राप्त भएको छ। यस कार्यमा सडक विभागसँग समन्वय गरिरहेको प्रहरीले जनाएको छ।

अवरुद्ध क्षेत्र अ.प्र.पोष्ट जितपुर मकवानपुरबाट करिब ४ किलोमिटर पूर्वतर्फ पर्छ। हालसम्म मानवीय क्षति नभएको बताइएको छ भने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

सडक सञ्चालनमा ल्याउन पहल भइरहेको जनाइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan