थाहाको पर्यटकीय विकासका लागि पैदलयात्रा


राजकुमार के.सी.

थाहा – पर्यटकीय सम्भावना बोकेको थाहा नगरपालिकाको अवलोकन भ्रमणका लागि आन्तरिक पर्यटकहरुको आगमन बढेको छ ।
स्थानीय युवाहरुको सक्रियतामा पैदलयात्राको रुट तयार गरेर प्रचारप्रसार गरेपछि उक्त रुटमा पैदल यात्रा गर्नेहरुको आकर्षण पनि बढेको छ ।
केही समय अगाडिको पालुङ–आग्रा पदयात्रामा करिव ७ सय बढीले यात्रा गरिसकेकाछन् ।
यसैक्रममा माघ २७ गते शनिबारमात्रै थाहा नगरका युवा फोटो पत्रकार गणेश बिष्ट र स्थानीय शिक्षक निराजन गोपालीको सक्रियतामा थाहा नगरको आकर्षणको रुपमा रहेको प्राचिन कुन्छाल गाउँलाई केन्द्र बनाई तय गरेको नयाँ पदमार्गमा काठमाण्डौका ह्याप्पी हाईकर्स र स्थानीयहरु सहित ३२ जनाले यात्रा गरे ।
थाहा नगरका युवा फोटो पत्रकार गणेश बिष्ट यो पदमार्ग पर्यटकहरुका लागि फरक अनुभूति बटुल्ने यात्रा बन्न सक्ने बताउछन् । बिष्टले भने–“ऐतिहासिक गाउँको अवलोकन, धार्मिक सम्पदाको दर्शन, कृषकहरुसँगको सामिप्यता, पौराणिक तथा मैलिक बस्ती र जीवनशैलीको अवलोकन, प्राचिन गाउँको भ्रमण तथा प्रकृतिलाई नजिकबाट अनुभुति गर्नको लागि यो पदमार्ग निकै उपयुक्त छ ।”
करिब ३०० वर्ष पुरानो कुन्छाल नेपालको एक ऐतिहासिक, प्राचिन गाउँ हो । कुन्छालको स्थानीय नाम भने कुंछा हो । कुन्छाल गाउँमा भने केवल ग्वाला समुदाय अर्थात गोपाली भन्न रुचाउने गोपालवंशीहरुको मात्र बसाई रहेको छ ।
गोपालीगाउँ कै नामबाट समेत परिचित रहेको यस बस्तीलाई हेर्दा नेपालको प्राचिन इतिहासका यथेष्ट आधारहरु देख्न सकिने ह्याप्पी हाईकर्सका राजाराम फुयाँलले बतए।
उहाँका अनुसार ऐतिहासिक, प्राचिन तथा साँस्कृतिक महत्व बोकेको यो वस्तीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने ठुलो सम्भावना रहेकोछ ।
परम्परागत रुपमा बस्तीको विकास गरेर एउटा जीवित संग्रहालयको रुपमा विकास गर्दै यहाँको ऐतिहासिक स्वरुपलाई निरन्तरता दिने हो भने पर्यटक आकर्षणको केन्द्र बन्नसक्ने फँुयालले बताए ।
कसरी गर्न सकिन्छपदयात्रा ?
थाहा नगरपालिकाको वडा नं. १ र ६ मा पर्ने टिष्टुङ–कुन्छाल पदमार्गमा यात्रा गर्नको लागि राजधानी काठमाण्डौबाट गणेशमानसिंह मार्ग चन्द्रागिरी–चितलाङ हुँदै करिव १ घण्टामा पुग्न सकिन्छ । त्यस्तै बागमती प्रदेशको राजधानी हेटौंडाबाट त्रिभुवन राजपथ हँुदै करिव ३ घण्टामा पुग्न सकिन्छ ।
टिष्टुङ–कुन्छाल पदमार्गमा यात्रा गर्न कुन्छाल गाउँबाटै वा नजिकैको सरस्वती बजारबाट शुरु गर्न सकिन्छ । बज्रवाराहीको सरस्वती बजारबाट वाराहीचौर हुँदै नासपाति बगैँचा भ्रमण, कुन्छाल गाउँ अवलोकन र गणेश मन्दिर दर्शन पश्चात् टिष्टुङको बनस्पति उद्यानमा पुग्न सकिन्छ । उद्यानबाट विश्रामसहित ग्रामिण क्षेत्रको जीवनशैली र प्रकृतिको मनोरमताको अवलोकन गर्न सकिन्छ ।
वनस्पती उद्यानबाट कार्कीछाप गाउँको दैनिकी किसानको जीवनशैली, गोठालाको अनुभव, प्राकृतिक मनोरम, खेतीपातीको अवलोकन गर्दै गौखुरेश्वर महादेवको दर्शन यहि रुटमा गर्न सकिन्छ ।
ढल्टगाउँको अवलोकन गरेपछि अध्याय रिसोर्ट हँुदै उन्मत्तेश्वर महादेवको मन्दिर दर्शन गरी कोत दरबारको अवलोकन पश्चात थाहानगरकै प्रमुख शक्तिपिठको रुपमा रहेको वाराही मन्दिर र संगैको चौरबाट पैदल जंगल सफारीसंगै पैदलमार्गमा प्रकृति र पाहुनाको लुकामारी गर्न सकिन्छ ।
वाराही मन्दिरबाट उकालो लागेर पुगिने वाराही डाँडामा पुग्दा यात्राका सबै थकान मेटिएको अनुभव हुन्छ । निकै मनोरञ्जनात्मक र साहसी पैदल यात्री जस्तै अनुभव गर्न सकिने यस मार्गको दुरी करिब १६ किलोमिटर रहेको छ ।
वाराही डाँडाबाट पुनः जंगल सफारीसंगै नन्दिकेश्वर महादेव दर्शन गरेर यो पदयात्राको बिट मारिन्छ ।
स्थानीयहरुको आत्मिय ब्यवहार र स्वागत सहितको पैदलयात्रासंगै केहीदिनको भ्रमणका लागि बस्नको लागि पनि थाहानगरको बज्रबाराहीमा हेटलहरुको राम्रो ब्यवस्था भएको र कुन्छालमै रहेका होमस्टेमा पनि बस्न सकिनेछ ।

(तस्विर : गणेश बिष्ट)

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा २ हजार बढ्यो

सुनको मूल्य तोलामा २ हजार बढ्यो

आज स्थानीय बजारमा सुनको मूल्य तोलामा २ हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ३६ हजार पाँच सय निर्धा...