Search
Close this search box.

इसा अवार्डमा गीतकार अधिकारी मनाेनित

काठमाडौं-  इन्टरनेशनल सिङ्गर सङ राइटर्स एसोसिएसनको आयोजनामा अमेरिकाको एटलान्टामा आगामी अगष्ट २४ मा हुने सम्पन्न सातौँ सस्करणको आइएसएसए (इसा) अन्तर्राष्ट्रिय अवार्डमा नेपालबाट प्रसिद्ध गीतकार लोकराज अधिकारी दुई बिधामा मनोनीत भएका छन् ।

आयोजकले अप्रिल २ मा सार्वजनिक गरेको अमेरिका तर्फको विभिन्न २१ र अन्तर्राष्ट्रिय तर्फको २१ विधाको आधिकारिक मनोनयनमा नेपालबाट गीतकार अधिकारी अन्तर्राष्ट्रिय मनोनयन तर्फ बर्ष गीतकार पुरुष र म्युजिक भिडियो अफ द इयर गरि दुई बिधामा मनोनयनमा परेका हुन् ।

गीतकार अधिकारीले लेखेको “जिन्दगानी के छ र” बोलको गीत बाट उक्त मनोनन परेको हो ।

गीतमा सिडि बिजय अधिकारीको स्वर र संगीत रहेको छ । भिडियोको निर्देशन बबिता श्रेष्ठ मलेकुले गरेकी हुन् ।अधिकारीसँगै गीतकार विधामा विश्वका विभिन्न देशका ६१ जना र म्युजिक भिडियो तर्फ ३६ जना मनोनयनमा परेका छन् । आयोजकले अप्रिल २ देखि नै इलेक्ट्रोनिक भोटिङ खुला गरेको छ ।

भोटिङ अप्रिल ३० सम्म गर्न पाइने छ । गत बर्ष पनि अन्तर्राष्ट्रिय गीतकार तर्फ मनोनयनमा परेका गीतकार अधिकारीले यश बर्ष आफ्नो गीत दुई बिधामा मनोनयन हुनुलाई अन्तर्राष्ट्रिय मञ्चमा सिङ्गो नेपाल र नेपाली भाषी गीतकारको प्रतिनिधित्वका रूपमा लिएको बताएका छन । भोटिङबाट टप २० को छनोट हुने आयोजकले जनाएको छ । मे २ मा टप २० को घोषणा हुनेछ । गीतकार अधिकारीले देश विदेशबाट आफूलाई भोट गर्न सबैलाई आग्रह गरेका छन । पोहोर भोटिङ नपुगेर टप २० मा पर्न नसकेपनि यस बर्ष त्यो अबसर नेपाल र नेपालीका लागि जुरेको उनले बताए ।

भोटका लागि एउटा डिभाइसबाट दैनिक एक पटक भोट गर्न सकिने आयोजकले जनाएको छ । गीतकार अधिकारीका तिमीले पराई ठाने पछि, रुपै मोहनी, बाजा बजाउँदै, मर्छु बरु छट्पटीमालगायत गीत लोकप्रिय छन् । साथै यस बर्षको सुपरहिट चलचित्र अन्जिलामा पनि गीतकार अधिकारीले गीत लेखेका छन् । “यो देशको झण्डा बिश्वसामु फहराउनु छ” बोलकोअन्जिलाको गीतमा हरि लम्सालको संगीत र बबिना किरातीको स्वर रहेको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

इसा अवार्डमा गीतकार अधिकारी मनाेनित

हेटौँडामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

इसा अवार्डमा गीतकार अधिकारी मनाेनित

मकवानपुरगढीको शारदा माविको स्वण महोत्सवका अवसरमा एक साता सम्म ५८ वटा कार्यक्रम गर्ने

इसा अवार्डमा गीतकार अधिकारी मनाेनित

बाघले बाख्रा मारेपछि स्थानीय त्रसित

इसा अवार्डमा गीतकार अधिकारी मनाेनित

प्रभास घिमिरेकाे स्मृतिमा स्मृति ग्रन्थ लाेकार्पण तथा अक्षय काेष स्थापना

इसा अवार्डमा गीतकार अधिकारी मनाेनित

जेसीआई हेटौंडाद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो सामग्री सहयोग

इसा अवार्डमा गीतकार अधिकारी मनाेनित

हेटौंडामा एकल महिला, द्वन्द्वपीडित र सीमान्तकृत समूहको सशक्तिकरणका विषयमा छलफल

इसा अवार्डमा गीतकार अधिकारी मनाेनित

कांग्रेस बैठकमा पूर्वमुख्यमन्त्री लामाकाे ‘विवादास्पद अभिव्यक्ति’, केन्द्रीय सदस्यहरुले गरे आलाेचना 

इसा अवार्डमा गीतकार अधिकारी मनाेनित

मकवानपुरको विभिन्न स्थानमा लगाइएको  अवैध गाँजा खेती नष्ट

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan