मकवानपुरमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् तथा ओसार–पसार भइरहेको अवस्थामा एक स्काभेटर र एक टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, सोमबार इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले हेटौंडा–१९ स्थित क्षेत्रबाट बा २ क ५१६६ नम्बरको स्काभेटर र ना ८ ख ८८९७ नम्बरको टिप्पर नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएका दुबै सवारी साधनलाई आवश्यक कारबाहीका लागि हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ। अवैध उत्खनन् र ढुवानीमा संलग्न भएको आधारमा ५४ हजार २७३ रुपैयाँ जरिवाना गरिएको पनि प्रहरीले जानकारी दिएको छ।
केही प्रतिक्रिया छ कि ?


